यू–१९ विश्वकप एसिया क्षेत्रीय छनोटका लागि नेपाली टिममा ४ नयाँ अनुहार

काठमाण्डौ, १९ चैत्र । आईसीसी यू–१९ विश्वकप अन्तर्गत एसिया क्षेत्रीय छनोटका लागि नेपाली टिमको अन्तिम नामावली सार्वजनिक भएको छ ।

जसमा चार जना नयाँ खेलाडीले टिममा स्थान बनाएका छन । रोहित पौडेलको कप्तानीमा रहेको १४ खेलाडीमा हरिबहादुर चौहान, प्रतिश जिसी, कुशल मल्ल र अभिशेख बस्नेतले पहिलो पटक टिममा स्थान बनाएका छन ।

कप्तानमा रोहितकुमार पौडेल, अभिशेक बस्नेत, भीम सार्की, हरीबहादुर चौहान, कमलसिंह ऐरी, कुशल मल्ल, आशिफ शेख, पवन सराफ, प्रतिश जिसी, रासिद खान, रित गौतम, सागर ढकाल, सन्दीप जोरा र शूर्य तामाङ रहेका छन ।

नेपालले यो प्रतियोगिताका लागि अप्रिल ६ तारिखमा मलेसिया प्रस्थान गर्नेछ ।