दुवईमा पनि मनाइयो ‘होली’

टिकाराम बस्नेत
यूएई, ८ चैत।

दुवईको अलऐन क्षेत्रमा नेपालका क्रियाशील सामाजिक संघसंस्थाहरूले भव्यरुपमा होली मनाएका छन् । मितेरी समाज, झापाली समाज, नेपाल मगर संघ, सुदुरपश्चिम सेवा समाज , भोजपुर सेवा समाज लगायत राजनैतिक पार्टीका प्रवास संगठन प्रवासी नेपाली मंच र जनसम्पर्क समिति समेतको सहभागितामा अलऐन क्षेत्रीय समन्वय परिषदको संयोजनमा कार्यक्रम गरिएको हो । त्यस्तै झापाली समाज अलऐन क्षेत्र समितिको व्यवस्थापन तथा प्रायोजनमा कार्यक्रम गरिएको थियो ।

प्रवासी नेपाली मञ्च केन्द्रिय सदस्य लक्ष्मण अधिकारी, केन्द्रीय सदस्य द्वय कुमारी तामाग , दिब्या सुब्बा, जनसम्पर्क समिति क्षेत्रीय सभापति जनक सापकोटा, प्रवासी नेपाली मञ्च क्षे. अध्यक्ष सुशिल केसी, संस्था प्रमुखबाट मितेरी समाजका उपाध्यक्ष चन्द्र राना ज्ञावत, महासचिव तारा रिजाल, नेपाल मगर संघ क्षे अध्यक्ष यमन घर्ती मगर लगाएतको सहभागिता रहेको थियो । त्यस्तै झापाली समाज अलऐन अध्यक्ष दिपक अधिकारी, र सुपक्षे समाजका अध्यक्ष नबराज भट्ट तथा भोजपुर सेवा समाजका के. सल्लाहकार एवं समाजसेवी दिपक श्रेष्ठ, समाजसेवीहरू अनुराग थपलिया, राजेन्द्र लिम्बु , हाम्रो टीमका सचिव जीवन यन्जनज्यु तथा उपस्थित रहेको थियो ।

अलऐनका सम्पुर्ण सामाजिक संघसंस्थाहरू बीचमा सहअस्तित्वको सिद्धान्तलाई स्वीकार्दै एकता, सहयोग, सहकार्य तथा सामुहिक हितका लागि अग्रसर हुदै समग्र अलऐन क्षेत्रमा सामाजिक सदभाव अभिबृद्धि खेल्न लागि कार्यक्रम गरिएको हो ।