बैंकिंग तथा बित्तिय कारोबार उधोग मुद्धाका ३ जनालाई अदालत द्रारा निर्दोश साबीत

इटहरी । छिन्ताङ्ग इन्भेस्टमेन्ट प्रा लि इटहरी सुनसरीका संचालकहरु डिल्ली प्रसाद आचार्य, प्रकाश आचार्य र होम बहादुर कार्कीमाथि लागेको बिना इजाजत बैंकिंग तथा बित्तिय कारोबार उधोग मुद्धाको उच्च अदालत बिराटनगरले फैसला गरेको छ । उच्च अदालत

बिराटनगरले ३ जनालाई निर्दोश शावित गर्दै उनीहरुको पक्षमा फैसला गरेको हो । मिति २०७४/१२/१ गते सुनसरी जिल्ला अदालतमा दर्ता भएको मुद्धाको मिति २०७५/३/११ गते अभियोग बादी पुग्न नसक्ने ठहर गर्दै जिल्ला अदालत सुनसरीका न्याधिश श्री बिनोदकुमार गौतमको इजलासले निजहरुलाई निर्दोष ठहर गर्दै फैसला सुनाएको थियो । सोहि मुद्धालाई मिति २०७५/११/२९ गते उच्च अदालत बिराटनगरका न्यायधिशद्वय प्रेम राज कार्की र राम प्रसाद अधिकारी को संयुक्त्त इजलासले जिल्ला सदर गरेको छ ।