गाडीको ढोकाबाट लडेर मृत्यु

सप्तरी । खडक नगरपालिका–५ स्थित पूर्व–पश्चिम राजमार्गमा आज भएको दुर्घटनामा एक महिलाको मृत्यु भएको छ ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना १ ज ६६६७ नंको विङ्गर गाडीको ढोकाबाट लडेर सुरुङ्गा नगरपालिका–११ का ३५ वर्षीया कल्पना चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

ढोकाबाट लडेर टाउकोमा गम्भीर चोट लागेकी चौधरीको उपचारका लागि न्युरो अस्पताल विराटनगर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।