बोक्सी हुन्छ भने मलाई खाएर देखाऊः प्रधानमन्त्री

रौतहट, २५ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले तराई मधेसमा व्याप्त अन्धविश्वास हटाउनुपनेृमा जोड दिएका छन् ।

अहिले पनि बोक्सीको आरोपमा गरिब तथा कमजोर महिलाहरुमाथि अत्याचार हुने गरेको भन्दै कुप्रथा अन्त्यका लागि जनचेतना फैलाउन आग्रह गरे । गरुडामा आयोजित नेकपाको प्रदेशस्तरीय आमसभालाई सम्बोधन गर्दै भने, ‘यदि कोही साच्चीकै बोक्सी छन् भने मलाई खाएर देखाऊ ।’

‘यदि कोही बोक्सी भएको भए चुनाव नै लड्नु पर्दैनथ्यो । विपक्षीलाई बोक्सी लगाइदिए मात्रै पुग्थ्यो’ उनले अघि भने ।

प्रधानमन्त्री ओलीले गरीबी हटाउन तथा विकास निर्माण अगाडि बढाउन सरकारले काम गरिरहेको बताए । तराई मधेसको विकासका लागि सरकारले निजगढ(काडमाडौं द्रुतमार्ग, रेलवे, निजगढ अन्तराष्ट्रिय विमानस्थल लगायतका परियोजना अगाडि बढाइृको उनले बताए ।

भारतीय बाँधका कारण हुने डुबान समस्या हटाउन भारतीय प्रधानमन्त्रीसँग भएको कुराकानीअनुसार सर्वेको काम अगाडि बढेको बताए ।

अलिकति भोट पाइयो भन्दैमा फुर्ती नगर्नू

प्रधानमन्त्री ओलीले अब छुद्र राजनिति तथा आधारहीन र नचाहिने नाराको काम नभएको बताए । छुट्टै मधेसको नारा लगाएका सिके राउत संविधानले दिएका अधिकारभित्र रहेर मूलधारको राजनितिमा आएको भन्दै उनले उनले खुशी व्यक्त गरे ।

उनले राजपाको भने आलोचना गर । सरकार सिङ्गो देश विकासमा लागेके भन्दै प्धानमन्त्री ओलीले भने, ‘एउटा प्रदेशमा एकपटक जनतालाई झुक्याएर अल्मलाएर अलिकति भोट पाइयो भनेर धेरै फूतीफार्ती नगर्न आग्रह गर्न चाहन्छु ।’

राजपालाई देश विकास र समृद्धिको यात्रामा सकारात्मक सोच राख्न समेत आग्रह गरे ।

नेकपाका अर्का अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले केही दिनभित्रै गाउँस्तरसम्म पार्टी एकता गर्ने बताए । समृद्धिका लागिसरकारले ठोस काम गरिरहेको उनको दाबी थियो ।

कार्यक्रममा वरिष्ठ नेता माधवकुमार नेपालले सम्बोधन देश हितमा काम गर्ने समय आएको बताए ।