दोस्रो मेयर कपको उपाधि भोजपुर नगरपालिका -११ आम्तेकलाई

भोजपुर २४ फागुन ।
दोस्रो मेयर कप खुल्ला पुरुष फुटबल प्रतियोगिताको उपाधि भोजपुर नगरपालिका ११ आम्तेकले हात पारेको छ । भोजपुर नगरपालिका -११ र भोजपुर नगरपालिका -७ वीच भएको फाइनल खेलमा भोजपुर नगरपालिका-  ७ लाई २ को विरुद्ध ३ गोल गर्दै उपाधि हात पारेको हो । आम्तेक ११ ले उपाधि संगै नगद दुइ लाख ट्रफि र मेडल हात पारेको हो ।

अत्यन्त प्रतिस्प्रधात्मक खेलको पहिलो हापको ८ औ मिनेटमा जर्सि नम्बर ४ कावर्तमान राईले भोजपुर नगरपालिका७को लागिगोल गर्दै खाता खोलेका थिए । भोजपुर नगरापालिकाले खाता खोलेको ३ मिनेट वित्ननपाउदै भोजपुर नगरपालिका ११ आम्तेकका सुवास तामाङ्गले गोल गर्दै खेल वरावरीमा पु¥याएका थिए । खेलको पहिलो हापमा एक एक गोल गरेको दुवै टिमले आक्रमक रणनितिमा खेलेकाथिए । दोस्रो हापको ४८ औ मिनेटमा जर्सि नम्बर ११ काविष्णु भुजेलले भोजपुर नगरपालिका – ७ का लागि गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए।

दोस्रो हापको ६१ औ मिनेटमा भोजपुर नगरापालिका -११ आम्तेकका सुुुसन तामाङ्गले अर्काे गोल थप्दै खेललाई बरावरीमा ल्याएका थिए । खेलको अन्तीम समयमा सुसन तामाङ्गले ह्याट्रिकगर्दै खेललाई आफ्नो पक्षमा पारेका थिए । खेलको उदाउदो खेलाडिको रुपमा भोजपुर युथ एकेडेमिका खेलाडि प्रशान्त राईले नगद ३ हजार हातपारेका छन । उत्कृष्ट डिफेन्स भोजपुर नगरपालिका -७ का खेलाडि रेमन उदास भएका छन् । त्यस्तै उत्कृष्ट मिडफिल्डर आम्तेक -११ का उमेश कार्की भए । उत्कृष्ट स्ट्राइकर सुसान्त तामाङ्ग भएका छन् । उत्कृष्ट गोल रक्षक आम्तेक ११ का रेम्वो चौधरी भएका छन् । उत्कृष्ट खेलाडि भोजपुर नगरपालिका ७ का विजय भुजेल भएका थिए । प्रतियोगिताको प्रायोजन भोजपुर नगरपालिकाले गरेको थियो भने आयोजना भोजपुर जिल्ला फुटबल संघले गरेको थियो ।