आर्कषणको केन्द्र वन्दै भोजपुरको ‘महभीर झर्ना’ ( भिडियो सहित )

भोजपुर १२ फागुन ।
पर्यटकिय क्षेत्र भोजपुरको टेम्के डाँडाको काँखमा रहेको महभिर झर्ना पर्यटकको आर्कषणको केन्द्रको रुपमा स्थापित हुँदै गएको छ । करिव ६० मिटर अग्लो झर्नाको मनोरम दृष्य र भिरमौरी हेर्नको लागि पर्यटकहरु यहाँ पुग्ने गरेका छन् ।

भोजपुर सदरमुकामबाट २९ किलोमिटर र गाउँपालिका केन्द्रबाट करिव ४ किलोमिटर पश्चिममा अवस्थिति यो झर्नामा बाह्रैं महिनामा पानी उतिकै मात्रामा वग्ने गर्दछ । झर्नाबाट झरेको पानीको फोहोराले पर्यटकको मन लोभ्याउने गरेको छ । दैनिक १० देखि १२ समुह झर्ना भएको स्थलमा रमाइलो गर्न पुग्ने गरेको गाउँपालिको जनाएको छ ।