भोजपुरको दिंला बजारमा आगलागी

भोजपुर, ५ फागुन । भोजपुरको षडानन्द नगरपालिका-४ स्थित दिंला बजारमा आगलागि भएको छ । दिंला बजारको मुख्य चोक वाट मिल टोल जाने वाटोमा पर्ने यंगराज राईको घरमा शनिवार दिउँसो २ बजेतिर ग्याँस गिजर लिक भएर आगलागि भएको ईलाका प्रहरी कार्यालय दिंलाले जनाएको छ ।

आगलागीवाट पिडित यंगराज राईको घर , निजको बुढासुव्बा हार्डवेयर पसलको गोदाम र सोहि घरमा रहेको लक्ष्मी राईको व्युटी पार्लरमा क्षति पुगेको छ । आगलागिवाट पिडित यंगराज राईको ५ लाख र लक्ष्मी राईको ६० हजार वरावरको क्षति भएको ईलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक अमतलाल माझीले जानकारी दिए । आगलागीवाट घरको काठ,फ्रिज गोदामको हिलटेन्क, कुर्सी, पीभिसी पाईप, त्रिपाल र व्युटी पार्लरको ¥याक र कस्मेटीक सामानमा क्षती पुगेको प्रहरीले जनाएको छ । आगो प्रहरी र स्थानिय वासीको प्रयासमा पानी, माटो, वालुवा र अग्नी नियन्त्रकको प्रयोग गरि आधा घण्टाको प्रयासमा नियन्त्रणमा आएको प्रत्यक्षदर्शी हरि भित्रिकोटीले जानकारी दिए ।

समयमा आगो नियन्त्रणमा आएकोले अधिकांश जस्ता र काठले वनेका घर रहेको दिंला बजार ठूलो जनधनको क्षति हुनवाट वचेको छ । उद्योग वाणिज्य संघ दिंलाका रमेश श्रेष्ठ भन्छन् समयमा आगो नियन्त्रणमा आयो र दिंला बजार वच्यो नत्र ठूलो क्षति हुनेथियो ।