पौवादुङ्मा गाउँपालिकामा यसो भनेः मुख्य मन्त्री शेरधन राईले ( भिडियो सहित )

भोजपुर, ४ फागुन ।
प्रदेश नम्वर १ का मुख्य मन्त्री शेरधन राईले वजेटको कारण विकास निर्माण नरोकिने बताएका छन् । शनिवार पौवादुङ्मा गाउँपालिकामा आयोजित एक कार्यक्रमलाई सम्वोधन गर्दै राईले यस्तो बताएका हुन । देश अहिले समृद्धिको दिशातर्फ अगाडी वढी सकेको कुनै पनि विकास निर्माणको काम वजेटको कारण प्रभावित नहुने वताए । उहाँले अहिले तीन तहको सरकार वनी सकेकाले सवैले सहकार्य गरेमा कुनै विकासका काम असम्भव नरहेको पनि वताए ।

मुख्यमन्त्री राईले भने ‘‘अहिले तीन तहको सरकार वनी सकेको छ, तपाईहरुले आफ्ना समस्यालाई स्थानिय तह समक्ष राख्नुहोस्, स्थानिय सरकारले सक्ने काम त्यहाबाट हुन्छ नसकेका वाँकी काम प्रदेश सरकारले पुरा गर्नेछ ।’’ राईले पौवादुङमा गाउँपालिकामा रहेको पिउने पानीको समस्या पनि अव चाडै समाधन हुने समेत वताए ।

राई भने ‘‘ तपाईहरुको अमुल्य मतको कारण म अहिले मुख्य मन्त्रीको हैसियतमा उभिन पाएको छु, यहाँको पिउने पानीको समस्या समाधान तथा स्वास्थ्य शिक्षा यातयात लगाएतका विषयमा मैले काम अघि वढाई सकेको छु ।’’ राईले निटक भविष्यमै पौवादुङ्मा वासीको घरघरमा विद्युत सेवा विस्तार गरिने समेत वताए ।