ट्रम्प प्रशासनविरुद्ध तीन नेपालीको मुद्दा, को -को हुन् ति नेपाली ?

काठमाडौं,३ फागुन। अध्यागमनसम्बन्धी अस्थायी व्यवस्था टेम्पोररी प्रोटेक्टेड स्टाटस ९टीपीएस० को समय थप्न माग गर्दै अमेरिकामा रहेका नेपालीले प्रदर्शन गरेका छन् । मंगलबार उनीहरुले हिमपातको समेत वास्ता गरेनन् ह्वाइट हाउसअघि टीपीएसका पक्षमा नाराबाजी गरिरहे ।

नेपाली भाषीहरुको अधिकारका लागि न्युयोर्कमा कार्यरत ‘अधिकार’ नामक संस्थाको नेतृत्वमा टीपीएसवाहक, समर्थक र अधिकारकर्मीहरु वासिङ्टन डीसी पुगेका थिए । नेपालीको प्रदर्शनमा विभिन्न मुलुकका टीपीएस प्राप्त नागरिकले समेत समर्थन जनाएका छन् ।नेपाल र होन्डुसरको टीपीएस समाप्त नगर्न माग गर्दै दुई दिनअघि अमेरिकाको नर्दन व्यालिफोर्नियाको अदालतमा तीन जना नेपालीले ट्रम्प प्रशासनविरुद्ध मुद्धा दर्ता गरेका छन् ।

केशव भट्टराई, सुम्निमा थापा र सज्जन पाण्डेले त्यहाँको सरकारलाई विपक्षी बनाई मुद्दा दर्ता गरेको दुई दिनपछि वासिङटन डीसीमा बृहत् प्रदर्शन गरिएको हो । समाचार अन्नपूर्ण पोस्ट् दैनिकले प्रकाशित गरेको छ ।