‘भोजपुर सेवा समाज युएई’ र ‘भोजपुर हातेमालो समाज युएई’ विच एकता

भोजपुर, १८ माघ ।
‘भोजपुर सेवा समाज युएई’ र ‘भोजपुर हातेमालो समाज युएई’ विच एकता भएको छ । शुक्रवार बसेको समाजको बैठकले दुई समाजलाई एकता गरेका हुन । एकता गरिएको नया समाजको नाम भोजपुर हातेमालो सेवा समाज राखिएको छ ।

समाजको अध्यक्षमा शुवास बानु राई र भिम थापा रहेका छन् भने उपाध्क्षमा छिरिङ्ग शेर्पा, महासचिवमा सम्भु राई चयन भएको समाजका उपाध्यक्ष छिरिङ्ग शेर्पाले जानकारी दिए । दुवईमा रहेका यी सस्थाहरुले छुट्टा छुटै रुपमा आफ्ना विभिन्न खाले कार्यक्रमहरु सञ्चालन गर्दै आएका थिए ।

भुगोल, लक्ष्य र उदेश्य एउटै भएकाले एक भएर अघि बढ्नुको विकल्प नभएकोले संस्थालाई एकता गरि समग्र भोजपुर र भोजपुरेहरुको हितमा समाजिक कार्य गर्दै अघि बढ्ने निस्कर्ष दुवै एकता गरिएको समाजले जनाएको छ ।