आज २०७३ फागुुण १२ गते

आदिबासी जनजाति महासंघमा भुजेलको उम्मेद्वारी

समाज २०७३ मंशिर २० २९०९ पटक हेरिएको

 जनजाति

भोजपुर । नेपाल आदिवासी जनजाति महासंघको ९ औं राष्ट्रिय महाधिवेशन पौष २ गतेदेखि चितवनमा हुने निश्चित भई सकेको छ । जसमा नयाँ कार्यसमितिमा कसको नेतृत्व हुने हो भन्ने विषयमा यतिखेर दौडदुप चलिरहेको छ । 

आदिबासी जनजाति महासंघका उपाध्यक्ष तथा भुजेल समाज सेवा केन्द्रिय समितिका अध्यक्ष एवम् संगठन विभागका प्रमुख सूर्य बहादुर भुजेल पनि अध्यक्षका एक दावेदार हुन् । उनी भन्छन् “आफू कुनै पनि राजनैतिक दलको लगौटीको रुपमा प्रयोग नहुँने तथा आदिबासी जनजातिको आलो घाउँमा जुनसुकै समयमा तदारुकताका साथ मलम लगाउन तयारी हुँदै आएको र भोलिका दिनमा पनि एउटा भुजेल जातिको मात्र होइन, आम आदिबासी जनजातिको उत्थानको लागि सदैव लागि रहने भएकाले यस पटक सर्वसम्मत अध्यक्षको जिम्मेवारी पाउनेमा ढुक्क छु” भनेर लागि परेका छन् । 

उनि भन्छन् “आदिबासी जनजाति महासंघ भित्र राजनैतिक चलखेल तिव्र रुपमा बढेकाले महासंघ नै राजनैतिक गन्धले तहस–नसह भई आदिबासी जनजातिको हक हितको विरुद्ध लड्नु भन्दा पनि शीरमा पगरी लगाउनेको तछाड मछाडले आज महासंघ एउटा स्वार्थको दल–दलमा फसिरहेको छ भने क्रमिक रुपमा राजनैतिककरण भई रहेको छ । 

तथापी भुजेलको नेतृत्वमा बनेको महासंघ राजनैतिक छत्र छाँयामा नपरी वास्तवमै जातिय मुद्दाको बारेमा वकालत गर्ने छ” भन्ने विषयमा उनि विश्वस्त छन् । भुजेल समाज सेवा केन्द्रिय समिति तथा आदिवासी महासंघको उपाध्यक्ष र संगठन विभागको नेतृत्व गर्दै आई रहेका भुजेललाई यतिबेला महासंघको अध्यक्ष बन्ने चटारो थपिएको छ ।

Loading...

यसमा तपार्इको प्रतिक्रिया राख्नुहोस

Find us on facebook