आज २०७३ फागुुण १२ गते

भाेजपुरमा राष्ट्रपति पुरस्कारबाट काे–काे पुरस्कृत भए ?

समाज २०७३ मंशिर २१ २०९० पटक हेरिएको

 पुरस्कृत

भोजपुर । राष्ट्रपति पुरस्कारबाट भोजपुरका तीन जना कृषक पुरस्कृत भएका छन् । सोमबार जिल्ला कृषि विकास कार्यालय भोजपुरले जिल्लाका तीनजना कृषकलाई जनही रु दस हजार नगद र कदरपत्रले पुरस्कृत गरेकोे हो ।

पुरस्कृत हुनेमा सुन्तलाखेतीतर्फ अन्नपूर्ण–८ का विष्णुप्रसाद अधिकारी, खावा–२ का चण्डलकुमार राई र अलैँचीखेतीतर्फ छिनामखु–२ का प्रमोद राईलाई एक कार्यक्रमका बीच पुरस्कार वितरण गरिएको जिल्ला कृषि विकास कार्यालय भोजपुरले जनाएको छ ।

भोजपुरका प्रमुख जिल्ला अधिकारी अर्जुनकुमार शर्माले कृषि निर्वाहमुखीभन्दा पनि व्यावसायिक हुनुपर्ने बताउनुभयो ।

यसैबीच, रु ८० हजार मूल्य बराबरको मिनी टिलर (हाते ट्र्याक्टर) कार्यालयले जिल्लाका १० जना कृषकलाई ५० प्रतिशत अनुदानमा हस्तान्तरण समेत गरेको छ । 

Loading...

यसमा तपार्इको प्रतिक्रिया राख्नुहोस

Find us on facebook