आज २०७३ माघ ६ गते

भोजपुरे तीन च्यापियन अमेरिका प्रस्थान

खेलकुद २०७३ असार २० १११५७ पटक हेरिएको

च्यापियन

भोजपुर । युएस ओपन व्याडमिन्टन च्याम्पियनशिप ग्रान्ड प्रीक्स गाेल्ड २०१६ का लागी नेपालको प्रतिनिधित्व गर्दै ३ भोजपुरे अमेरिका पुगेका छन् । 

त्यहाँको लस एन्जल्स् स्थित हुन लागेको प्रतिस्पर्धाका लागी भोजपुरका विकास श्रेष्ठ, रत्नजित तामाङ र नंसलादेवी तामाङ अमेरिका पुगेका हुन् । 

जुलाई ५ देखी १० सम्म हुन लागेको खेलका लागी टिम व्यवस्थापकका रुपमा नेपाल व्याडमिन्टन् संघका सुवास श्रेष्ठले नेतृत्व गर्दैछन् । नेपाली ३ खेलाडीले सिंगल्स्, डबल्स् र मिक्स् प्रतिस्पर्धामा सहभागि हुने विकासले त्यहाँबाट जानकारी दिएका छन् । 


Loading...

यसमा तपार्इको प्रतिक्रिया राख्नुहोस

Find us on facebook