आज २०७३ माघ ६ गते

दाँतको किरा मार्न र दुखाई कम गर्न अपनाउनुस् यी ४ घरेलु उपाय

स्वास्थ्य २०७३ कार्तिक २४ १६२३ पटक हेरिएको

 दाँत

नियमित ब्रस नगर्दा दाँतको बीचमा आफूले खाएका अन्नका कणहरु बस्दछन्, जब यी कणहरु सड्न थाल्छन्, तब दाँतमा किरा लाग्न थाल्छ । किरा लागेपछि दुखाई त महशुस हुन्छ नै दाँतको जरा पनि कमजोर बन्दै जान्छ । अन्ततोगत्वा हामी हाम्रो दाँत नै गुमाउने अवस्थामा पुग्छौँ ।

दाँतको दुखाई एकदमै पीडादायक हुन्छ । यदि तपाईंको दाँतमा पनि किरा लागेको छ वा अत्याधिक दुखाई महशुस हुन्छ भने यी घरेलु उपायहरु अपनाएर त्यसबाट छुटकारा पाउन सक्नुहुन्छ ।

१. पिसेको धुलो बेसार र नुनलाई तोरीको तेलमा मिलाउनुस् । मञ्जनजस्तै हिलो बनेको यो मिश्रणले दैनिक दुई(तीन पटक दाँतको मालिस गर्दा वा यसले ब्रस गर्दा दाँतको किरा मर्दछ ।

२. किराले खाएर खोक्रो बनेको भागमा रुवो (कपास)लाई ल्वाङको तेलमा भिजाएर राख्नुस् । यसो गर्दा दाँतमा लागेको किरा मर्दछ ।

३. तातो पानीमा फिटकिरी घोलेर बिहानबेलुकै मुख कुल्ला गर्दा दाँतको किरा मर्नुका साथै गन्ध पनि हराएर जान्छ ।

४. किरा लागेको दाँतमा बरको चोप लागउँदा किरा मर्नुका साथै दुखाई पनि कम हुन्छ ।

स्रोतः आयुर्वेदहेडिङ

Loading...

यसमा तपार्इको प्रतिक्रिया राख्नुहोस

Find us on facebook