आज २०७३ माघ १२ गते

दिपावली फ्रेन्डसीप धमाका ईभेन्ट, मलेसियाका तीन कार्यक्रमका लागि शीव देखि सुष्मासम्म

मलेसियाका विभिन्न सहरमाः को, कहाँ हुदैछन..?
प्रवास २०७३ असोज १६ १६०४ पटक हेरिएको

बिपेन उलङगे

क्वालालम्पुर । फ्रेन्डसीप धमाका ईभेन्ट मलेसियाको आयोजनामा कृष पुलामी कृष्ण को निर्देशनमा फेरि तीन वटा साङगितिक कार्यक्रम हुने भएका छन । क्रमशः १३औं र१४ औं र १५औं फ्रेन्डसीप धमाका दिपावली सांझ नाम दिईएको उक्त कार्यक्रमका लागि नेपाल बाट चर्चित कलाकारहरुको बेजोड प्रस्तुति सहितको उपस्थित रहने निर्देशक पुलामीले जानकारी दिए । मलेसियाको विभिन्न तीन प्रमुख सहरहरु रावाङ, वातुपाहात, पेनाङमा कार्यक्रमहरु हुनेछन । कार्यक्रमका लागि नेपालबाट चर्चित गायक शिव परियार, नायिका सुष्मा कार्की , लोकगायिका तिर्सना घर्ती मगर, नायिका मन्जिता केसि, मोडेल तथा गायिका सरिस्मा राम्जाली लगायत अन्य ख्यातिप्राप्त कलाकारहरु आउन लागेका हुन ।

कार्यक्रमरु

१३औं फ्रेन्डसिप धमाका दिपावली सांझ ..Image title

यो कार्यक्रम मलेसियाको बातुपाहात शहरमा हुदैछ । कार्यक्रममा गायक शिव परियार, सुष्मा कार्की , सरिस्मा राम्जाली र अन्य कलाकारहरुको बेजोड प्रस्तुति रहनेछ ।

कार्यक्रम ३० अक्टोबर आईतबार बिहाना ११ बजेदेखि गारर्डेन होटेल बातुपाहातमा हुनेछ । कार्यक्रमलाई फ्रेन्डसिप धमाका ईभेन्ट मलेसिया प्रस्तुत गर्न लागेको हो ।

१४औं फ्रेन्डसिप धमाका दिपावली सांझ...Image title

यो कार्यक्रम मलेसियाको पेनाङ शहरमा हुदैछ । उक्त कार्यक्रमका लागि मोडल तथा नायिका मन्जिता केसि , चर्चित लोक गायिका तिर्सना घर्ती मगर र उदयमान गायक अमर राई तथा अन्य कलाकारहरुको बेजोड प्रस्तुति रहनेछ । कार्यक्रम ३० अक्टोबर आईतबार दिउसो १२ बजेदेखि सुरु हुनेछ । कार्यक्रमलाई फ्रेन्डसिप धमामा ईभेन्ट मलेसियाको आयोजना गरेको हो

१५ औं फ्रेन्डसिप धमाका दिपावली सांझ २०१६

Image title

यो कार्यक्रम मलेसियाको रावाङ शहरमा हुदैछ । ३० अक्टोबर दिउसो ११ बजेदेखि सुरु हुने यो कार्यक्रमका लागि नेपालबाट चर्चित गायक शिव परियार, नायिका सुष्मा कार्की , गायिका तथा मोडे सरिस्मा राम्जाली , मोडेल तथा नायिका मन्जिता केसि , लोक गायिका तिर्सना घर्ती मगर लगायत अन्य ख्यातिप्राप्त कलाकारहरुको बेजोड प्रस्तुति रहने छ ।

कार्यक्रमलाई असल छिमेकी सेवा समाज रावाङ मलेसिया र फ्रेन्डसीप धमाका ईभेन्ट मलेसियाको संयुत्त आयोजनामा गर्न लागेको हुन ।

कार्यक्रमलाई रोयल नेपाल , पुलामि मिनिमार्केट, हाईमाउन्ट भ्यू ट्राभल्स एण्ड टुर्स लगायतको प्रयोजक रहेको छ भने लुकनेपाल डटकम, उद्दारअनलाई, दैनिक पोष्ट, लाईकनेपाल, मलायखबर लगायत मिडिया पार्टनर रहेका छन ।

फ्रेन्डसीप धमाका ईभेन्ट मलेसियाले लामो समय देखि लगातार कार्यक्रम आयोजना गरि मलेसियाका श्रमिक माझ मनोरञ्जन र सहयोग प्रदान गर्दै आईरहेको छ। कृस पुलामी कृष्ण नामले परिचित निर्देशक पुलामीले मलेसियामा यो संगै १५ वटा बढि कार्यक्रम गरि सकेका छन ।

Loading...

यसमा तपार्इको प्रतिक्रिया राख्नुहोस

Find us on facebook