आज २०७३ फागुुण १३ गते

खाँदबारी एफएमको नवौं बार्षिक साधारण सभा सम्पन्न

अध्यक्षमा सरोजकुमार बज्राचार्य ।
राष्ट्रिय २०७३ पौष २० ६५८ पटक हेरिएको

खेवाहाङ मेवाहाङ, सङ्खुवासभा । सङ्खुवासभामा रहेको जिल्लाको पहिलो सामुदायिक रेडियो खाँदबारी एफएमको नवौं बार्षिक साधारण सभा सम्पन्न भएको छ । खाँदबारी एफएमका अध्यक्ष युवराज शाक्यको अध्यक्षता तथा नेपाल सरकारका स्वास्थ्य राज्यमन्त्री माननिय तारामान गुरुङ्गको प्रमुख आतिथ्यतामा सम्पन्न साधारण सभामा जिल्ला स्थीत राजनितिक दल, कार्यालय संघसंस्थाका प्रमुख, शेयर सदस्यज्यु, नागरिक समाज बुद्धिजिवी र संचारकर्मीहरुको उपस्थीति रहेको थियो ।    

Image title पानसमा दीप प्रज्वलन गरेर साधारणसभाको उद्घाटन गर्नुहुँदै स्वास्थ्य राज्यमन्त्री तारमान गुरुङ । 

उक्त कार्यक्रममा एफएमका अध्यक्ष युवराज शाक्यले आव २०७२/७३ को आम्दानी खर्च तथा संस्थागत प्रतिवेदन प्रस्तुत गर्नूभएको थियो । अध्यक्ष युवराज शाक्यले ३५ लाख १५ हजार १ सय २ रुपैयाँको आयब्यय प्रस्तुत गर्नूभएको थियो । अध्यक्ष शाक्यले सामुदायिक रेडियो सवैको साझा रेडियो भएकाले सवैबाट प्राप्त सहयोगको सहि सदुपयोग भैरहेको बताउँदै रेडियो भवन निर्माणमा सहयोग गर्नूहुने स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङ्गलाई धन्यबाद प्रकट गर्नूभएको छ ।

Image titleएफ.एम.को प्रतिवेदन प्रस्तुत गर्नुहुदै अध्यक्ष युवराज शाक्य

स्थापनाकाल नेपाल सरकारका स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङ्गले खाँदबारी एफएमको भवन निर्माण सम्पन्न गर्न थप रु. १५ लाख उपलब्ध गराउने प्रतिवद्धता ब्यक्त गर्नूभएको छ । माननिय स्वास्थ्य राज्यमन्त्री गुरुङ्गले संखुवासभाको बिकासका लागि आफु संधै प्रतिवद्ध रहने बताउँदै संखुवासभाको स्वास्थ्य क्षेत्रको सुधारमा उल्लेख्य पहल गर्ने बताउनुभएको छ । 


Image titleकार्यक्रम उद्घाटन क्रममा बोल्नुहुदै माननीय स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङ ।

खाँदबारी एफएमको नवौं बार्षिक साधारण सभालाई सम्बोधन गर्दै नेपाली काँग्रेसका तर्फबाट सल्यान नेपालीले सामुदायिक रेडियोले संखुवासभाको सुचना र संचार क्षेत्रको बिकासमा पुर्याएको योगदानको खुलेर प्रशंसा गर्दै सवैको साझा रेडियो र गैह्रनाफामुलक रेडियो भएकाले आवश्यक सहयोग गर्न सवैलाई आग्रह गर्नूभएको छ ।

    नवौं बार्षिक साधारण सभालाई सम्बोधन गर्दै नेकपा एमालेका नेता जित बहादुरघिमिरेले खाँदबारी एफएम प्रति जनताको सहयोगी भावन बढ्नुको कारण यसले देखाएको राजनिति तठस्तता भएको उल्लेख गर्दै खाँदबारी एफएमका हरेक गतिबिधीहरु प्रसंसनिय रहेको धारणा राख्नुभएको छ । नेता घिमिरेले रेडियो धेरै किसिमका छन् तर खाँदबारी एफएमको स्थापना कालदेखि नै यसको प्रसारण उत्कृष्ट रहँदै आएको बताउनु भएको छ । 

    जित बहादुर घिमिरे बार्षिक साधारण सभामा शुभकामना ब्यक्त गर्नूहुँदै नेकपा माओबादी केन्द्रका जिल्ला ईन्चार्ज आरपि किराँती देवानले संखुवासभाको पहिलो स्थापीत सामुदायिक रेडियो भएकाले यसले राजनितिक हिसावले कसैलाई भेदभाव नगरेको भन्दै सवैको समान दृष्टीकोणबाट रेडियो सफलता तर्फ उन्मुख रहेको उल्लेख गर्नूभएको छ । ५आर पि किराँतिमन्त्यब्यको क्रममा प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यले समाजलाई सचेत गराउँदै सामाजिक बिकासमा रेडियोले खेलेको भुमिका प्रसंसनिय रहेको धारणा राख्नुभएको छ ।


Image titleकार्यक्रम उद्घाटन क्रममा बोल्नुहुदै प्र.जि.अ. खुमकान्त आचार्य

उपस्थीत अतिथीगण, कार्यसमिति सदस्य तथा प्रमुख अतिथी स्वास्थ्य राज्यमन्त्री तारामान गूरुङ्गलाई खाँदबारी एफएमका संचालक समिति सदस्य नारायण कटुवालले शुभकामना सहित धन्यबाद प्रकट गर्नूभएको थियो । यसै बिच सम्पन्न साधारण सभाको बन्द सत्रले खाँदबारी एफएमको अध्यक्षमा सरोज कुमार बज्राचार्यलाई निर्वाचित गरेको छ । भर्खरै सम्पन्न बन्द सत्रले शेयर सदस्यहरु मध्येबाट नारायण कटुवाल, डेगराज बस्नेत, डम्वर बहादुर श्रेष्ठ, शेर बहादुर बन, फणिन्द्र निरौला र महिला सदस्यमा सुभद्रादेवी बज्राचार्यलाई निर्वाचित गरेको छ भने स्थापनाकाल देखि नै सामाजिक परिवर्तन र सहयोगी संस्थाको भुमिका निर्वाह गर्दै आएको खाँदबारी युथ क्लवलाई संस्थागत रुपमा पदेन सदस्यमा मनोनयन समेत गरेको छ । यसै बिच संखुवासभा उद्योग बाणिज्य संघले स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङ्गलाई स्वागत तथा शुभकामना कार्यक्रमको आयोजना गरेको छ । संघका अध्यक्ष अनन्त कुमार गौलीको सभापतित्वमा सम्पन्न कार्यक्रममा अध्यक्ष गौलीले संखुवासभाको बिकास निर्माण लगायत स्वास्थ्यसेवा प्रभावकारी बनाउन आग्रह गर्नूभएको छ । माननिय स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङ्गले खाँदबारी अस्पताललाई चाँडै नै ५० बेडको हस्पीटल बनाउने र भौतिक संरचना थप गर्न आवश्यक पहल भैरहेको बताउनु भएको छ । वहाँले जिल्लाको स्वास्थ्य क्षेत्रको उल्लेखनिय बिकास गर्न आफु लागिपरेको जानकारी गराउन हुँदै स्वास्थ्य क्षेत्रमा संखुवासभाली जनताको पहँुच बढ्नेमा ढुक्क हुन अनुरोध गर्नूभएको छ ।

Loading...

यसमा तपार्इको प्रतिक्रिया राख्नुहोस

Find us on facebook