आज २०७३ माघ ६ गते

दोश्रो मानेभन्ज्यांङ्ग कप फुटबलको उपाधि मिर्मिरे युवा क्लव तामाफोकलाई

मिरमिरेले हात पारे ५० हजार
खेलकुद २०७३ कार्तिक १० १२९५ पटक हेरिएको

संखुवासभा । संखुवासभाको मानेभन्ज्यांङ्गमा जारी दोश्रो मानेभन्ज्यांङ्ग कप फुटबल प्रतियोगिताको उपाधि मिर्मिरे युवा क्लव तामाफोकले हात पारेको छ । लोहोरुङ क्लवलाई ४– ३ को गोल अन्तरले पराजीत गर्दै मिर्मिरेले उपाधी हात पारेको हो । उपाधी जीत्दै मिरमिरे युवा क्लबले ५० हजार नगद र सिल्ड प्राप्त गरेको छ भने उपविजेता लोहोरुङ क्लवले ३० हजारमा चित्त वुझाउनु प¥यो । त्यस्तै तेस्रो भएको हाङथुङ क्लवले २० हजार र सान्त्वना स्थान प्राप्त गर्दै खाँदवारी युथ क्लवले १० हजार प्राप्त गरेको छ ।Image titleमानेभञ्ज्याङ कप हात पारेपछि खेलाडीहरु । फोटोः सुरेन शाक्यको फेसबुकबाट

मीरमीरे युथ क्लवका सागर गुरुङ सर्वोत्कृष्ठ खेलाडी घोषीत भएका छन् । त्यस्तै सर्वाधीक ६ गोल गर्दै मिरमिरे कै प्रेम जीमी सर्वाधिक गोलकर्ता भए । प्रतियोगीता भरीको अनुसासीत टिम मीरमीरे युथ क्लव भएको छ । मानेभन्ज्याङ्ग युवा परिचालन समुहको आयोजनामा कार्तीक ५ गते देखी भएको प्रतियोगीतामा ३६ टिमको सहभागीता रहेको थियो ।

Loading...

यसमा तपार्इको प्रतिक्रिया राख्नुहोस

Find us on facebook