आज २०७३ फागुुण १० गते

कविता "अध्याय नाटक र जीवन "

कला/साहित्य २०७३ पौष ६ ५८५ पटक हेरिएको

Image titleनिमाराज तामाङ 

मलेसिया 

"अध्याय , नाटक र जीवन"

जिवनको मामिलामा म

आकांक्षाहरुको पोस्टर जस्तै

 थाहा छैन मलाई कुन

 रंगमञ्च ?

 कुन नाटकको पात्र बनेको छु ।

तर मलाई थाहा छ ।

जीवन एक अध्याय ।।

 अनि यो अध्याय जस्तै छ नाटक

 यसरी बग्दै छ जिवन

 नाटकका यी घट्नाहरु 

आखाँमा बारुदको विस्फोटक बम जस्तै

पड्किन लागेकोटाईम बम जस्तै ।

खै । 

कति बेला हो ।

यसको अन्तिम निर्वाणा देखिन्छ ।

मनमा अनेकौ भावनाहरुको 

अध्याय सुरुवात हुन्छ ।

ती अध्याय कतै फाटेको

 कतै च्यातिएको कतै नमिलेको ।

कतै अपुर्ण ।

ईच्छाको प्रतिबिम्वमा पाउछु 

एउटा कालो संसारलाई ।

केही बेर सोच्छु सायद 

यहाँ लोडसेडिङ होला

होईन ।।।

होइन ।।।। होइन ।।।।भन्ने उत्तर अाउछ ।

तोतेबोलिको अध्याय सकिदा ।

कथा आफ्नै सुरमा जादैछ ।

बामी सर्दै । चार पाउ बसाल्दै पाईलाहरु।।।

फेरी सम्हालिन खोज्छ बिस्तारै 

उठेर सोच्न थाल्छुसोच्दासोच्दै ।।

अध्यायको अर्को भाग बालापन छुटिसक्छ । 

यो अध्यायलाई पुर्णता दिन कै लागि

 दस नङ्ग्राले चिथोर्न थाल्छ ।

हरेक पानामाहरेक घट्नामा ।

अनायसै सपनामा बिलाउन पुग्छ ।

निदाएर ब्युझे जस्तै ।

लाखौ पटक झस्किन पुग्छ । 

अनायसै बिचलित हुन्छ ।

 बेहोशमा परे जस्तै होशमा आएर कसिलो बन्न थाल्छ ।

कसिने सुर बनाउदैमा 

मेरो जुङ्गाको रेखी बस्ने अध्याय खुल्छ ।

मनमा एक जोश । नया उमंग 

नाटक पनि मिठास बन्न थाल्छ ।

अध्याय पनि एकतिर बाट सकिदै 

अर्कोतिर बाट सुरु हुँदै छ ।

केही अन्य बाह्य हावाले पनि मलाई 

श्वास फेर्न सहयोग दिन्छ ।

तनाव धेरै हुन्छ तर 

साहसको अलि नै बढि प्रभाव हुन्छ ।

खै । किन हो?

एकाएक म मात्र हु शक्तिशालि ।

भन्ने भावनाले म मा प्रस्थान गर्छ । 

यस्तै यस्तै धेरै जोशको बाबजुद 

मेरो नाटकको अर्को अध्यायले 

अर्कै नाम पाउछ ।।।।युवक ।। युवा।।। ।

यस्तै यस्तै ।।

किन हो यो अध्यायको कल्पना गरियो 

सोध्न मन छ मलाई ।

सुरुवात नाटक नै राम्रो थियो ।

सबैको मायासबैको काख ।

सबैको स्पर्श ।।

सबैको मीठो चुम्बन ।।

अब त सबैले सदाको लागिविदाई दियो ।

 अध्यायको नाटक हेर्दै जादा

 कोहि मिठास पाउने सपनामा बसेको थिएछन । 

कोही परिपक्वता

हिजोसम्म ।।। हिजोसम्म ।।। 

त खै यस्तो उत्तरचढाव मनमा परेको थिएन ।।।

अचानक ।।

एक्कासी ।।।।

कुन दैवको श्राव पर्यो ।

भुकम्प । प्रलय । हावाहुरी । ज्वालामुखी ।

सबै एक्कसी आयो ।

सबैलाई थेग्ने बल कहाँ छ त । 

आफै अलमल्ल परे ।

एकदिन साहसले आएर भन्यो ।

ओई । 

ओई । ओई । ओई । 

तीन पटक नसुने झै गरे 

चौथो पटक अावाज फर्काए ।

होई ।।।।।।।।।।।।।।

लामो...............श्वास फेर्दै त्यसले भन्यो । 

म साहस हु।।।।

मलाई केही मतलव भएन । 

मेरो मनले भन्यो ।।।वाईयत ।

 टेन्सन दिन्छ ।

फेरी ओई .....भन्दै मेरो पिठ्युँमा ढाप मार्दै ।

तलाई म छु साथ दिने ।

मेरो अावाज मात्र थियो । 

ल ल ।।।।।। 

अध्याय ।।।यसरी जाँदै छ कि

 कहिलेनिकै छिटो । 

कहिले रोकिन्छ ।

कहिले पुरानो नाटक तिर फर्किन्छ ।

करोडौं ईच्छा

 अरबौ बाधाहरु

 हजारौं सपना छन त 

लाखौ समस्याहरु ।

एक लक्ष्य छ त सयौ बाटोहरु ।

अध्याय बाकि नै छ ।

अध्यायको नाटक

निर्वाणा कहाँ भेेटिन्छ थाहा छैन

बाकि नाटक अर्को भेेटमा ।

Loading...

यसमा तपार्इको प्रतिक्रिया राख्नुहोस

Find us on facebook