आज २०७३ माघ १२ गते

आइफोन सेभेन र सेभेन प्लस सार्वजनिक, केके छन

प्रविधि २०७३ भदौ २३ १५५३ पटक हेरिएको

Image title

एजेन्सी । एप्पलले आइफोनको सेभेन र सेभेस प्लस सार्वजनिक गरेको छ । अमेरिकाको सनफ्रान्ससिस्कोमा भब्य कार्यक्रम गरेर उसले गएराती दुई फोन सार्वजनिक गरेको हो। नयाँ आइफोन पहिलाको भन्दा ३० प्रतिशतले छिटो चल्ने कम्पनीले बताएको छ।

नयाँ आइफोनमा ६४ बिट सिस्टमा ४ कोरको ए १० फ्युजन २ दशमलव ४५ गिगाहर्ज क्लक स्पीड प्रोसेसर छ। ३२, १२८, २५६ जिबीमा आइफोन ७ उपलब्ध निर्माण गरिएको छ। ३२ जिबी आइफोन ७ को मुल्य ६४९ र ३२ जिबी आइफोन प्लसको ७६९ अमेरिकी डलर तोकिएको छ। आइफोनले आइफोन सेभेन र प्लस नयाँ मोबाइलमा हेड फोन राखेको छैन।

ब्याटी चार्ज गर्ने प्लकमा नै हेडफोन जोडन सकिने उसले जनाएको छ। आइफोन सेभेनमा मा पछाडी १२ मेगा पिक्सेल र अगाडि ७ मेगापिक्सेलका क्यामेरा छन् । टाढाको तस्बिर खिच्नका लागि यी मोबाइल उपयुक्त हुने कम्पनीको दाबी छ। पानी र धुलोबाट बच्ने किमिसमले यी मोबाइलहरु तयार पारिएको छ।

Loading...

यसमा तपार्इको प्रतिक्रिया राख्नुहोस

Find us on facebook