आज २०७३ फागुुण १२ गते

मलेसिया एयरलाइन्सको विमान दुर्घटना, ३४ जना घाइते

अन्तराष्ट्रिय २०७३ जेष्ठ २४ १२१४ पटक हेरिएको

Image title

क्वालालम्पुर । मलेसिया एयरलाइन्सको विमान दुर्घटनामा परेको छ । इङ्ल्याण्डको लन्डनबाट क्वालालम्पुरतर्फको उडानका क्रममा विमान अनियन्त्रित हुँदा ३४ जना यात्री घाइते भएका छन् । 

विमानमा हलचल भएपछि उछिट्टिएर ३४ जना यात्री घाइते भएको जनाइएको छ ।उडानकै क्रममा प्रतिकुल मौसमका कारण विमानले नियन्त्रण गुमाएको जनाइएको छ ।

यस क्रममा केही यात्री सामान्य घाइते भएको मलेसिया एअरलाइन्सले जनाएको छ । ३७८ यात्री र चालक दलका सदस्य सवार ‘ए ३८०’ एअरबस आइतबार बंगालको खाडी माथि आइपुग्दा प्रतिकुल मौसमका कारण अनियन्त्रित भएको हो ।

Loading...

यसमा तपार्इको प्रतिक्रिया राख्नुहोस

Find us on facebook