आज २०७३ फागुुण १३ गते

अर्चनाको हट ‘ए कान्छी रे’ हट अवतार (भिडियो सहित)

मनोरञ्जन २०७३ कार्तिक २६ १४१६ पटक हेरिएको

ए कान्छी रे

काठमाडौं । गायक टंक बुढाथोकीको गीत ‘ए कान्छी रे’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । बुढाथोकीको शब्द र संगीत रहेको रोमान्टिक गीतको भिडियो अष्ट्रेलियामा खिचिएको हो । स्वरमा उनलाई गायिका टिका प्रसाईले साथ दिएकी छिन् ।

‘संगीत भनेको मान्छेको रमाउने बहाना हो,’ गायक बुढाथोकीले भने, ‘त्यसैले म सधैं दर्शकलाई नचाउने र मनोरञ्जन गराउने खालको गीत बनाउन रुचाउँछु, यो गीतमार्फत पनि त्यही प्रयास गरेको छुँ ।’ ‘काली तिम्रो नजरैले’,‘घन्टी बज्यो’ बोलका हिट डान्सिङ नम्बर दिएका गायक बुढाथोकीले यो गीतलाई पनि फरक ढंगबाट गाएका छन् । टंक संगीतकार र म्युजिक एरेन्जर पनि हुन् ।

अष्ट्रेलियामा रहेर म्युजिक भिडियोको निर्देशनमा सक्रिय देखिएका जीवन रसाईलीको निर्देशन छायांकन र सम्पादनमा तयार भएको गीतको भिडियोमा आइटम डान्सर अर्चना डेलाल र मोडल दिपक परियारले अभिनय गरेका छन् । कोरियोग्राफर सुसन योञ्जनले गीतमा उनीहरुलाई नचाएका छन् । अर्चनाको हट अवतार समेत भिडियोमा देख्न सकिन्छ ।

Loading...

यसमा तपार्इको प्रतिक्रिया राख्नुहोस

Find us on facebook