आज २०७३ माघ १२ गते

अशोक राईको सुतेकै अबस्थमा मृत्युु

प्रवास २०७३ कार्तिक ७ ७५५ पटक हेरिएको

Image titleबिपेन उलङ्गे

क्वालालम्पुर । बैदेशिक रोजगारिको शिलशिलामा ३७ महिना अघि मलेसिया आएका अशोक राईको सुतेकै अबस्थामा मृत्यु भएको छ । मोरङ टांडि- ७ घर भई हाल मलेसियाको रावाङ स्थित दिउसोको काम सकि होस्टेलमा आई साथिहरु संग हासखेल गर्दै खाना पकाई खाएर सुतेका राई बिहान अबेरसम्म नउठेपछि साथिहरु बोलाउन गएका थिए । तर २६ बर्षिय राई कहिलै नउठने चिर निन्द्रामा परि सकेका थिए । राईको मृत्युु भएको थाहा पाएपछि साथिहरुले कम्पनी बोसलाई जानकारी दिएका थिए ।

राईको शबलाई अहिले सुगाईबुलो हस्पिटलमा राखिएको छ भने नेपाल पठाउने बारेमा पनि कम्पनीले प्रक्रिया अघि बढाई सकेको र यहि सोमबार सम्ममा शब नेपाल पठाउने तयारी रहेको उनका सहकर्मी मनकुमार राईले जानकारि दिएका छन ।

सथै मृतकको आर्थिक अबस्था कम्जोर रहेकोले साथिहरुले रकम सङ्कलन गरेर पठाउने तयारि गरि रहेको बताउदै सहयोगको लागि अपिल गरेका छन । मृतकको घरमा आमा, बुबा, २ छोरा र उनकी जीवन संगिनी संगिता राई रहेको बुझिएको छ । उनी काठमाडौं स्थित सोसियल म्यानपावरबाट ३७ महिना अघि रोजगारिको लागि मलेसिया आएका थिए ।

Loading...

यसमा तपार्इको प्रतिक्रिया राख्नुहोस

Find us on facebook