आज २०७३ फागुुण १३ गते

भारतमा एक हजार र पाँच सयको नोट बन्द

अर्थ २०७३ कार्तिक २३ २२९ पटक हेरिएको

बन्द

काठमाडौं । भारत सरकारले एक हजार र पाँच सय रुपैयाँको नोट बन्द गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलवार यो घोषणा गरेका हुन् ।

प्रधानमन्त्री मोदीले भ्रष्टाचार र कालो धनमा रोक लगाउनका लागि यो कदम उठाएको बताएका छन् । उनले एक हजार र पाँच सयका नोट भएका व्यक्तिहरुले ३० डिसेम्बरसम्म बैंकमा जम्मा गरे साट्न सक्ने बताएका छन् ।

प्रधानमन्त्री मोदीले राष्ट्रको नाममा एक विशेष सम्बोधन गर्दै भ्रष्टाचार र कालो धनमाथि लगाम लगाउनका लागि निर्णायक लडाईँ जरूरी रहेको बताए । यो घोषणापछि आज मध्यरातिबाट ५०० र १००० का सबै पुराना नोट आम लेनदेनका लागि अमान्य मुद्रा मानिनेछ ।

प्रधानमन्त्री मोदीले यो निर्णयबाट मानिसहरुले आत्तिन जरुरी नरहेको पनि स्पष्ट पारेका छन् । मोदीको यो घोषणा आजै राति १२ बजेबाट लागू हुनेछ ।

भारतीय सरकारले यी नोटलाई बैंक र डाकघरमा जम्मा गराउने सुविधा दिइएको छ । मोदीले कालो धन र भ्रष्टाचारविरुद्धको सरकारको यो कदममा देशका सबै जनतालाई साथ दिन पनि अपिल गरेका छन् ।

भ्रष्टाचार विरोधी यो महाअभियानमा सबै देशवासीले योगदान दिन जरुरी छु, उनले भनेका छन्, हर व्यक्तिले सरकारको यो प्रयासमा साथ दिए देशलाई हामी कालोधनबाट मुक्त गराउन सक्छौं ।

भ्रष्टाचार र कालोधनविरुद्ध कदम उठाउने नरेन्द्र मोदीको प्रमु्ख चुनावी नारा थियो । मोदीले भने, भारतमा सवा लाख करोड रुपैयाँ भन्दा धेरै कालो धन रहेको छ । जससँग सघर्ष गर्न त्यति सजिलो छैन ।

मोदीले आमजनतालाई राहत दिनका लागि सरकारले यो कदम उठाएको बताएका छन् । एकजना इमान्दार मानिसका लागि आजको समयमा कुनै पनि सामान किन्नु कम्ति कठिन छैनु, उनले भनेका छन्, आम सर्वसाधरण नागरिकको जीवन सहज बनाउन पनि यो कदम नचाली भएको थिएन ।

उनले भारतमा सम्पत्ति समेत ठूलो सौदाबाजीमा कालोधनको लेनदेन हुने गरेको बताएका छन् । पाँच सय र एक हजार रुपैयाँको नोटलाई साट्नका लागि भारत सरकारले सर्वसाधरणलाई ५० दिनको समय दिएको छ ।

भारतको यो कदमले नेपाली अर्थबजार पनि प्रभावित हु्ने भएको छ । नेपालको सीमाक्षेत्रका सहर बजारदेखि गाउँ तथा राजधानी काठमाडौंमा पनि भारतीय पाँच सय र हजारका नोट प्रयोग गर्ने गरिएको छ ।

Loading...

यसमा तपार्इको प्रतिक्रिया राख्नुहोस

Find us on facebook