आज २०७३ फागुुण १३ गते

मिडनाइट पोलः ट्रमलाई ३२, हिलारीलाई २५

अन्तराष्ट्रिय २०७३ कार्तिक २३ ७३२५ पटक हेरिएको

मिडनाइट पोलः ट्रमलाई ३२, हिलारीलाई २५

एजेन्सी । अमेरिकाको राष्ट्रपतीय चुनावमा भएको प्रारम्भिक मतदानमा शुरुवातमा लिड गरेकी हिलारीलाई ट्रम्पले पछि पारेका छन् ।

न्यू ह्याम्शायरमा भएको मिडनाइट पोलिङ अर्थात मध्यरातको मतदानपछि २ साना शहरमा हिलारीले ट्रम्पलाई जितेपनि अर्को एक शहरमा पाएको मतले ट्रम्पले हिलारीलाई पछि पारेका हुन् ।

युएसए टूडेका अनुसार तीन शहरमा भएको मतदान पछि ट्रम्पको पक्षमा ३२ र हिलारीको पक्षमा २५ मत परेको छ । डिक्सभिले, हार्टस्क लोकेसन र मिलिसफिल्डमा १०० भन्दा कम मानिस बस्छन् । त्यहाँ मध्यरातमै मतदान भएको थियो ।

डिक्सभिलेमा हिलारीले ४ र ट्रम्पले २ मत पाए भने हार्ट लोकेशनमा हिलारीलाई १७ र ट्रम्पलाई १४ मत परेको छ । तर मिलिसफिल्डमा ट्रम्पले १६ मत पाउँदा क्लिन्टले केवल ४ मत पाएकी छिन् ।

न्यूह्याम्शायरको कानून अनुसार १०० भन्दा कम मतदाता भएका स्थानमा मध्यरात देखि नै मतदान शुरु गर्न पाइन्छ ।

अमेरिकामा आज राष्ट्रपतीय चुनावका लागि मतदान हुँदैछ । पछिल्ला सर्वेक्षणहरुले हिलारीले चुनाव जित्ने दावी गरेका छन् । अमेरिकामा राष्ट्रपति बन्नका लागि २७० इलेक्टोरल कलेजमा जित हात पार्नु पर्छ । अमेरिकी चुनावमा जो सुकैले जिते पनि बन्नेछन् यी ६ रेकर्ड अहिलेका अमेरिकी राष्ट्रपति बाराक ओबामा पछि यदि हिलारीले चुनाव जिते उनी डेमोक्र्याटकै दोस्रो राष्ट्रपति हुनेछिन्। यसरी लगातार एउटै पार्टीबाट दुई जना राष्ट्रपति विगतमा दुइ पटक मात्र भएको थियो । नेपालीहेडलाइन

Loading...

यसमा तपार्इको प्रतिक्रिया राख्नुहोस

Find us on facebook