आज २०७३ माघ १२ गते

भोजपुर पूर्णखोपयुक्त जिल्ला घोषणा, घोषणा हचुवाको भरमा

राष्ट्रिय २०७३ पौष २२ ३९५२ पटक हेरिएको

भोजपुर पूर्णखोपयुक्त जिल्ला घोषणा

भोजपुर । सन् २०१७ सम्म जिल्लालाई पूर्ण खोपयुक्त घोषणा गर्ने लक्ष्य अनुसार आज पुर्ण खोपयुक्त जिल्ला गरिएको छ । स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङले भोजपुर सदरमुकामस्थित तामझामको साथ पूर्ण खोप सुनिश्चिता जिल्ला भएको घोषणा गरेका हुन ।

स्वास्थ्यकर्मी, कर्मचारी, विद्यार्थी महिला स्वमंसेविका, राजनीतिक दलको सीमित उपस्थितिमा बाजागाजा बजाएर तामझामका साथ घोषणा गरिएको थियो । जिल्लालाई पुर्ण खोप सुनिश्चिता भएको जिल्ला घोषणा गरिएपनि विना आधार हचुवाको भरमा गरिएको छ । १२ महिनादेखि २३ महिनासम्मका बालबालिकाले पाउनुपर्ने पोलियो, बिसिजी, हेपाटाईटिस बी, डिपिटी, दादुरा, रुबेला, टिटी जस्ता खोप पूर्णरुपमा पाएको अवस्था र आउँदा दिनमा पनि पाउने सुनिश्चितता भएपछि मात्रै पूर्ण खोप सुनिश्चिता जिल्लाको रुपमा घोषणा गर्नुपर्ने भएपनि जिल्ला खोप समन्वय समितिले मन्त्रीको उपस्थितीमा विना आधार औपचारिकता पुरा गर्नका लागि मात्रै पूर्ण खोप सुनिश्चिता जिल्ला घोषणा गरेका हुन ।

पूर्ण खोपयुक्त सुनिश्चिता भएको जिल्ला घोषणाका लागि घरधुरी सर्वेक्षण, नियमित खोप र प्रमाणिकरण गरेपछि स्थानीय निकायको कार्यक्रममा समावेश गरी निगरानी गरि अध्यनन गरेर मात्रै पूर्ण खोप जिल्ला घोषणा गरिने सुचक राखिएको छ । तर पूर्ण खोपयुक्त सुनिश्चितताका लागि आवश्यक पर्ने ती सूचकहरु औपचारिकता दिन र सबै बालबालिकाको पहँचमा खोप नप¥याई नै गरिएको छ ।

सदरुमकुाममा तामझामका साथ पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिरहँदा दुरदराज बालबालिकाहरु भने खोप पाउनबाट बञ्चित भएको छ । स्वास्थ्य संस्थाहरुले आफ्नो ढंगले पुर्ण रुपमा खोप पाइसकेको र बाँकी दिनमा पाउने भन्ने कुराको सुनिश्चिता गरेपनि व्यवहारिक रुपमा त्यो देखिदैन । जिल्लाका दुर्गम भेगमा रहेको सिंगो बस्तीका बालबालिकाहरुले खोप पाएका छैन । खोप लाउनुपर्छ भन्ने चेतना अभाव र धार्मिक मान्यताका आधारमा पनि अझै खोप पाउनबाट धेरै बालबालिकाहरु बञ्चित भएका छन । अर्कोतिर खोप लाउनुपर्छ भन्ने पुरा मान्यता तोडन सक्ने अवस्था पनि तत्काललाई देखिदैन ।

सदरमुकाममा तामझामका साथ सबै बालबालिकाहरुले खोप पायो भनेर घोषणा गरिएछ, यो ज्यादै हास्यस्पद कुरा भएको दोभाने सालेवाका दिक्पाल राईले बताए । दोभाने गाविस लगायत अन्य गाविसका गाउँघरमा रहेका बालबालिकाहरु अझै पनि खोप पाउनबाट बञ्चित छन । पूर्ण खोपयुक्त जिल्ला घोषणा सरकारी कर्मचारीको आफ्नो काम पुरा गर्ने र खानेमेलो मात्रै गरेको राईले बताए ।

सरकारले सबै बालिबालिकाहरुमा खोप पुगिसकेपछि र आउने दिनमा पुग्ने सनिश्चिता भएपछि खोपयुक्त जिल्ला घोषणा गर्ने कार्यक्रमलाई अगाडी लिएको थियो । तर भोजपुरमा भने सबै बालबालिकाहरुमा खोप नपुग्दै नै घोषणा गरेका छन ।

विना आधार हचुवाको भरमा पूर्ण खोपयुक्त सुनिश्चिता जिल्ला घोषणा गरेको भन्दै धेरै सर्वसाधरणहरुले गुनासो गरेका छन । सबै बालिबालिकाहरुको पहुँचमा खोप पुगि नसकेको र अभैm पनि पुग्ने अवस्था नरहेको भन्दै हचुवाको भरमा गर्ने जिल्ला स्वास्थ्य कार्यालयको रवैयाप्रति धेरैले असन्तुष्ट पोखेका छन । पूर्णखोपयुक्त जिल्ला घोषणा गर्ने सन्दर्भमा धेरै दुर्गम गाउँघरमा बस्ने स्वास्थ्यकर्मीहरु नै असन्तुष्ट छन । जवरजस्ती गाविसलाई पूर्ण खोपयुक्त गाविस घोषणा गर्न लगाएका बताएका छन । नाम उल्लेख नगर्ने सर्तमा स्वाास्थ्यकर्मीहरुले हाम्रो आँखाले र दुष्टिले देखेको ठाउँमा पनि अभिभावकको चेतना अभाव र धार्मिक मान्यताको आधारमा खोपबाट बालबालिकाहरु बञ्चित रहेको बताएका छन । पूर्ण खोपयक्त जिल्ला घोषणा गर्नका लागि तयारी विना गरियो एक स्वास्थ्यकर्मीले बताए ।

Loading...

यसमा तपार्इको प्रतिक्रिया राख्नुहोस

Find us on facebook