आज २०७३ फागुुण १२ गते

संविधान संशाेधन छापामार शैलीमा ल्याइयाेः अाचार्य

राष्ट्रिय २०७३ मंशिर २० २०५७ पटक हेरिएको

संविधान संशाेधन छापामार शैलीमा ल्याइयाेः अाचार्य

भोजपुर । संविधान संशोधनको विरोधमा आफुहरु नभएको तर ठुला राजनितीक दलहरुले राष्ट्रियतामाथि आँच पुग्नेगरी संशोधन प्रस्ताव ल्याएकोले आन्दोलन गर्नुपरेको नेकपा एमाले केन्द्रिय पार्टी सचिव भीम आचार्यले बताए । आइतबार प्रेस चौतारी जिल्ला शाखा भोजपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।

पार्टी प्रशिक्षणका लागी भोजपुर आइपुगेका आचार्यले छापामार शैलीमा स्वार्थपुर्तिका लागी प्रस्ताव ल्याएकाले विरोधमा उत्रनुपरेको प्रष्ट्याए । दक्षिणमा रहेको छिमेकी देशले देशलाई आफुअनुकुल ‘ड्राइभ’ गर्ने प्रमुख भुमिका खेलिरहेको र ठुलो पार्टी एमालेलाई सुइको नदिई संशोधन प्रस्ताव एकैचोटी ल्याएकोले सर्वस्विकार्य नभएको बताए ।

हिन्दी भाषालाई नेपाली भाषा बनाउनुपर्ने, अंगीकृत नागरिकताको व्यवस्था हुनुपर्ने र पुर्वपश्चिम चारै सिमानाको सिमांकन गनुपर्ने तीन महले संशोधन पार्टी र जनताका लागी मान्य नहुने जोड दिए ।

‘पहाड तराईलाई छुट्याउने, ऐतिहासिकतामा खलल पु¥याउने, हिन्दी भाषालाई घुमाउरोजनक ढंगबाट राष्ट्रिय भाषा बनाउने जुन चलखेल छ, यसप्रति हाम्रो आपती छ,’ आचार्यले बताए ।

Loading...

यसमा तपार्इको प्रतिक्रिया राख्नुहोस

Find us on facebook