आज २०७३ माघ १२ गते

आले भन्छन्, ‘बस्नेतले पित पत्रकारिता गरे’, मसँग प्रमाण सुरक्षित छ: बस्नेत (प्रमाण सहित)

राष्ट्रिय २०७३ पौष १८ ५५६५ पटक हेरिएको

संघमा आवद्ध भएका प्राध्यापकहरुले दिएको भनिएको निवेदन र संघले सोमबार निकाले विज्ञप्तीमा संघकै नाम उल्लेख गरिएको मास्टर हेड

भोजपुर: नेपाली कांग्रेस भोजपुरका सचिव कैलाशकुमार आलेले पत्रकार तीर्थराज बस्नेतले पित पत्रकारिता गरेको आरोप लगाएका छन् । आईतबार कांग्रेस निकट प्रजातान्त्रि प्राध्यापक संघमा आवद्ध प्राध्यापकहरुले पार्टीमा दिएको निवेदनको आधारमा बस्नेतले ‘कांग्रेस भोजपुरका सचिव आलेलाई कारबाहि गर्न माग’ शिर्षकमा समचार लेखेका थिए । उनले समचार लेखेपछि सोमबार भोजपुर सदरमुकाममा पत्रकार सम्मेलन गर्दै आलेले व्यक्तिगत रिसिइभिका कारण आफु विरुद्ध बस्नेतले समाचार लेखेको आरोप लगाएका छन् । “व्यक्तिगत रिसिइभी र प्रतिसोधको आधारमा व्यक्तिगत छवि माथि आँच आउने किसिमको समचार सम्प्रेषण गर्ने कार्यले मेरो गम्भिर ध्यानाकर्षण भएको छ,” उनले जारि गरिएको विज्ञप्तीमा भनिएको छ, “तीर्थराज बस्नेतले आफ्नो सामाजिक संजाल फेसबुक मार्फत मसँगको व्यक्तिगत सिसिभीको आधारमा सत्य तथ्य विहिन भ्रामक समचार प्रकाशन गरेको विषय प्रति मेरो घोर आपत्ती छ ।”

उनले बस्नेत सामाजिक सद्भाव भड्काउन उद्यत रहेको आरोप समेत लगाएका छन् । “पित पत्रकारितमा लागेर आफुलाई मनमा लागेको जे पायो त्यही समचार प्रकाशन गर्ने तीर्थराज बस्नेतको प्रवृत्तिले जातिय दुरी बढाउने प्रसय मिल्ने भएकाले भ्रामक समचारको पछि नलाग्न सम्पूर्ण सज्जन वर्गमा अनुरोध गर्न चहान्छु,” उनले भनेका छन्, “साथै हाम्रो सामाजिक एकतालाई मजवुद बनाउने यस्ता अराजक तत्वको घुसपैठ देखि सावधान रहन समेत सवैमा अपिल गर्न चहान्छु ।”आलेले जारी गरेको विज्ञप्ती

आईतबार आलले भोजपुर बहुमुखि क्याम्पसमा आंशिक प्राध्यापक नियुक्तिका विषय लिएर जातिय नारा उछालेको भन्दै प्राध्यापक संघमा आवद्ध प्राध्यापकहरुले आलेमाथि छानविन गरी कारबाहि गर्न माग गर्दै पार्टीमा उजुरी दिएको समचार विभिन्न संचार माध्यममा प्रकाशित भएको थियो ।

यता पत्रकार बस्नेतले भने आफुले प्राध्यापकहरुले पार्टीमा दिएको निवेदनको आधारमा समचार लेखेको दावी गरेका छन् । आलेले लगाएको पित पत्रकारिता गरेको भन्ने आरोपको खण्डन गर्दै बस्नेतले आफ्नो पेशा र पेशा प्रतिको धर्ममा आफु कटिबद्ध भएको भन्दै व्यक्तिगत रिसिइभीको आधारमा समचा नलेखेको प्रस्टाएका हुन् । “संघमा आवद्ध प्राध्यापकहरुले दिएको निवेदनको प्रति प्राप्त भएपछि एक व्यवसायिक पत्रकारको नाताले मैले समचार लेखेको साँचो हो,” उनले भनेका छन्, “म माथि लगाइएको पित पत्रकारीताको आरोपको म खण्डन गर्न चहान्छु ।”

उनलेसंघमा आवद्ध भएका प्राध्यापकहरुले संघकै नाम उल्लेख गरिएको मास्टर हेड भएको लेटरप्याडमा पार्टीलाई बुझाएको निवेदनको प्रति आफुसँग सुरक्षीत रहेको बताएका छन् ।

आफ्नो ५ बर्षे पत्रकारिताको यात्रामा आफुले पत्रकारितको नम्स र धर्म विपरितका कुनै पनि कार्य नगरेको भन्दै उनले निवेदनको आधारमा समचार लेख्दा पित पत्रकारिता ग¥यो भनेर आरोप लगाउनु कति बुद्धिमतापूर्ण हो ? भन्दै प्रश्न समेत गरेका छन् ।

“मसँग प्रमाण भएको अवस्था र स्वयं प्राध्यपकसंघले पनि आलेको अभिव्यक्ति माथि छानविन भएको भनेर विज्ञप्ती सार्वजनिक भएको अवस्थामा मैले लेखेको समचार कति भ्रम पूर्ण हो ? भन्ने कुरा सबै सज्जन वर्गले मूल्यांकन गर्ने कुरा हो,” उनले गरेको खण्डनमा उल्लेख छ, “व्यवसायिक पत्रकारितामा संलग्न भएको नाताले कसैसँगको व्यक्तिगत रिसिइभीका आधारमा समचार नलेखेको र आगमी दिनमा पनि पत्रकारिताको धर्म विपरित रहेर त्यस्तो कार्य नगर्ने प्रतिवद्धता व्यक्त गर्दछु ।”बस्नेतले आलेले लगाएको आरोपको खण्डन गर्दै जारी गरेको विज्ञप्ती

यता प्रजातन्त्रवादी प्राध्यापक संघले सोमबारनै विज्ञप्ती जारी गरी संघमा आवद्ध सदस्यहरु तथा कांग्रेसका क्रियाशिल सदस्य, क्षेत्रिय प्रतिनिधीहरुका हैसियतले नेपाली कांग्रेसका जिम्मेवार पदाधिकारीबाट दिइएको निवेदन माथि पार्टीमा छलफल भइसकेको विषयलाई लिएर आएका समचार प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । संघले उक्त निवेदन संघमा आवद्ध प्राध्यापकहरुले दिएको र संघले आधिकारीकरुपमा नदिएको समेत बताएको छ ।


Loading...

यसमा तपार्इको प्रतिक्रिया राख्नुहोस

Find us on facebook