आज २०७३ फागुुण १० गते

सुजन अधिकारी कविता प्रतियोगीतामा उत्कृष्ठ

कला/साहित्य २०७३ कार्तिक १४ ३२९ पटक हेरिएको

खेवाहाङ मेवाहाङ–सङ्खुवासभा ।  १०८ औँ देवकोटा जयन्तीको अवसरमा भएको खुल्ला कविता प्रतियोगीतामा अन्य प्रतियोगीहरुलाई उछिन्दै खाँदबारी १० का सुजन अधिकारी उत्कृष्ठ भएका छन् । मकालु साहित्यिक समाजले खाँदबारी स्थित देवकोटा चौकमा देवकोटा जयन्ती मनाएका छन् । कोटगाउँ टोल विकास सँस्थाको सहयोगमा खुल्ला कविता प्रतियोगीता गरि मनाईएको हो । 

Image title

प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यको हात बाट पुरस्कार ग्रहण गर्दै सुजन अधिकारी

खाँडी जान लस्कर लागेका मदनहरु,

एनआरएनका खोजीमा भौतारीएका मुनाहरु,

रित्ता रित्ता गाउँघर बेँसी र खेतीहरु,

सँस्कार र रीती थिती भुलेका सहरहरु,

माथिका हरफहरु समेटीएको कविता सुजन अधिकारीद्धारा रचित कविता हो जुन कविता प्रतियोगीतामा प्रथम ओगट्न सफल भयो । कविता प्रतियोगीतामा दोस्रो खादबारीका प्रेम शरण शास्त्री र तृतीय स्थान जय बहादुर घिमिरेले प्राप्त गरे ।प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यको प्रमुख आथित्यतामा कार्यक्रम भएको थियो । सेनानी चन्द्र शेखर कार्की, प्रहरी नायव उपरिक्षक गौतम कुमार केसी र महिला विकास अधिकारी सुनिता सुवेदी कार्यक्रममो विशिष्ट अतिथी रहनुभएको थियो । कार्यक्रमको अध्यक्षता मकालु साहित्यिक समाजका अध्यक्ष ताराबहादुर बुढाथोकीले गर्नु भएको थियो ।

Loading...

यसमा तपार्इको प्रतिक्रिया राख्नुहोस

Find us on facebook