आज २०७३ माघ १२ गते

भोजपुरमा बलात्कारको घटना बढ्यो, ६ महिनामा ६४ घटना ।

समाज २०७३ मंशिर २३ ३९७१ पटक हेरिएको

बलात्कार

भोजपुर । जिल्लामा बलात्कारको घटना बृद्धि भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक)ले विहिबार गरेको अर्ध वार्षिक समिक्षामा वितेको ६ महिनामा ६४ वटामा मानवअधिकार हनन्का तथ्यांक सार्वजनिक गरेको हो ।

समिक्षामा सार्वजनिक गरेको तथ्याङ्अनुसार मानवअधिकार उल्लंघनका १० वटा घटनाहरु घटेका छन । बलात्कारका घटना सवैभन्दा बढी १५ वटा घटे । घरेलु हिंसाका १३, कुटपिटका ११, दुरब्यवहार ५, धम्कीका ५, बहुबिवाह २, बालबिवाह १, यातना १ र जवरजस्ती बिवाहका १ घटना रहेको मानव अधिकारकर्मी राईले सरोकारवालालाई जानकारी गराए ।

मानव अधिकारकर्मी राईले जिल्लामा पछिल्लो समयमा आएर न्यायीक प्रशासनमा समेत सुधार आएको बताए । बिगतको तुलनामा अहिले आएर समयमा नै पीडित पक्षले न्याय पाउने गरेका बताए । यसैबीच स्थानीय शान्ति समिति भोजपुरका सचिव टेकबहादुर श्रेष्ठले जिल्लामा प्रहरी, सेना, र सर्वसाधारण गरी १ सय २९ जनाले द्वन्द्वको समयमा ज्यान गुमाएको जानकारी दिदै सो मध्ये ९६ जनाले बिशेष राहत रकम पाएको, ४ जनाले गृह मन्त्रालय मार्फत नै राहत लिएको बताए ।

द्वन्द्वको समयमा जिल्लामा ७ जना बेपत्ता रहेको बताउँदै उनले बेपत्ता तथा छानविन आयोगमा भोजपुरबाट १७ वटा उजुरी दर्ता भएको बताए । द्वन्द्वको कहिल्यै पनि अन्त्य नहुने बताउँदै नागरिक समाज भोजपुरका संयोजक पर्शुराम तिवारीले मानवअधिकार हननका घटनाहरुमा कमी ल्याउन सवै पक्ष जिम्मेवारीका साथ अगाडी बढनु पर्ने बताए । राज्यले पुरै क्षतिपूर्ति कसैलाई पनि दिन नसक्ने बताउँदै संयोजक तिवारीले राहत, अवसर र सुबिधा राज्य पक्षबाट प्राप्त हुनु पर्ने बताए ।

Loading...

यसमा तपार्इको प्रतिक्रिया राख्नुहोस

Find us on facebook