आज २०७३ फागुुण १० गते

सायद अव म फर्किन्न होला ।

कला/साहित्य २०७३ भदौ २७ ४९७ पटक हेरिएको

कविता

सञ्जल राई

सञ्जल राई

सायद म अब फर्किन होला ।

बार बार तिम्रो दिल दुखाए,

कति चोटी हो कती,

भक्कानिएर तिम्रो सामु आश्वासनको भिख मागँे ।

तिमीले के बुझ्यौ, मलाई थाहा छैन् ।

तर मौनतामा तिमीलाई सबै कुरा भनेको छु ।

र पनि,

कारण म भए रे तिम्रो तनाबको,

कारण म भए रे तिम्रो दुःखको,

कारण म भए रे तिम्रो असफताको,

कारण मेरो मन हैन,

तिम्रो जिन्दगीको अफसोच बाधा बने,

त्यसैले सायद अब म फर्किन्न होला ।

मेरो यो विदाइमा तिम्रो खुसीको अाँसु झर्नेछ ।

नेपथ्यमा दुनियालाई सुनाउने छौ ।

अनि वास्तविकता झंै तिमी नाटक गर्दै,

मलाई विदाईको अन्तिम हात हल्लाउन खोज्नेछौं

निराश झैं देखिनेछौ,

उदास झैं देखिन्नेछौ,

केहि गुमाए झैं गर्नेछौ,

तर वास्तविकतामा सबै नाटक हुनेछ ।

त्यसैले म अव फकिनर््न होला ।

मेरो बसाईले तिम्रो यादमा कम हुन्छ रे ।

मलाई देख्दा आगो झैं रिसले चुर हुन्छौ रे ।

मन बेस्कन दुःख छ रे,

निको भएको घाउ चर्किन थाल्छ रे,

त्यसैले अब म फर्किन्न सायद ।

तिम्रो दिल दुखाउनु छैन् ।

तिम्रो नराम्रो हुन छैन् ।

तिम्रो नजरमा खराब हुनु पनी छैन् ।

मन परेको मान्छेको सराप लिनु पनि त छैन ।

हो, त्यसैले सायद अब म फर्किन होला ।

चबष्कबलशब२िनmबष्।िअयm

Loading...

यसमा तपार्इको प्रतिक्रिया राख्नुहोस

Find us on facebook