आज २०७३ फागुुण १३ गते

युरोमा रोनाल्डोको दुःखद् विदाई

खेलकुद २०७३ असार २७ ५२३ पटक हेरिएको

काठमाडौं । फ्रान्सको पेरिस स्थित स्टाडे फ्रान्समा भइरहेको युरो २०१६ को फाइनल अघिसम्म चर्चा पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डोकै थियो । अन्तर्राष्ट्रिय फुटबलमा अर्का स्टार लियोनेल मेस्सीको करियरको वियोगान्त अन्त्य भएसँगै धेरैको आँखा रोनाल्डोमाथि थियो ।

सम्भवतः अन्तिम युरो खेलिरहेका रोनाल्डोको बिदाई कसरी हुनेछ भन्ने धेरैको चाँसो थियो । फाइनलमा उनको प्रदर्शन कस्तो हुन्छ भनेर हेर्न स्टेडियम र टिभी सेटअघि फुटबलका समर्थकहरु उत्सुकतापूर्वक उपस्थित थिए । तर, दुर्भाग्यवस युरोको फाइनलमा रोनाल्डोको पनि दुःखद् अन्त्य भएको छ ।खेलको पहिलो हाफको मध्यमा नै रोनाल्डो घाइते हुँदै मैदान छाड्नुपरेको छ । खेलको आठौं मिनेटमा फ्रान्सका डिमिट्री पायेटले फल हानेपछि रोनाल्डो घाइते बनेका थिए ।

विश्वकै फिट खेलाडीमध्ये मानिने रोनाल्डोले त्यसपछि पनि घुँडामा ब्यान्डेज बाँधेर खेल्ने प्रयास गरे पनि अन्ततः खेलको २४ औं मिनेटमा मैदान छाडे ।फाइनल जस्तो खेलमा मैदान छाड्नुपर्दाको दुःख उनले लुकाउन सकिरहेका थिएनन् । उनको आँखाभरि आँशु थियो । मैदानमा पोर्चुगलका समर्थकहरु स्तब्ध थिए ।

स्ट्रेचरमा चढेर मैदान छाडिरहँदा विपक्षी टोलीका प्रशिक्षकले पनि रोनाल्डोलाई सान्तवना दिन आएका थिए ।  यसैबिच पोर्चुगल १ ० ले विजयी भएको छ ।

Loading...

यसमा तपार्इको प्रतिक्रिया राख्नुहोस

Find us on facebook