आज २०७३ फागुुण १३ गते

स्वास्थ्य राज्यमन्त्री गुरुङको संखुवासभा भ्रमण

स्वास्थ्य राज्यमन्त्रीले आधा करोड भन्दा बढि रकम दिने सार्वजानिक घोषणा
समाज २०७३ पौष २२ ८०३ पटक हेरिएको

खेवाहाङ मेवाहाङ/मेघराज तामाङ

संखुवासभा । माननीय तारामान गुरुङ नेपाल सरकारका स्वास्थ्य राज्यमन्त्री भएपछि पहिलो पटक सोमबार गृहजिल्ला आएका हुन् । स्वास्थ्य राज्यमन्त्री भए पछि संख्ुवासभालीहरु हर्षित भएका थिए । राज्यमन्त्री गुरुङको आगमनमा जिल्लाबासी खुशि हुनुका साथै उनको स्वागतमा हजारौं संखुवासभालीहरु आतुर थिए । 

सोमबार दिउँसो १२ः३० बजे तारा एयरबाट तुम्लिङटारमा ओर्लिने कार्यक्रम तय भई नेपाली काङ्ग्रेस जिल्ला सभापति दिपन कुमार श्रेष्ठले उनको सङ्खुवासभाको चार दिनको भ्रमणको कार्यक्रम सार्वाजानिक गरेपछि उनको स्वागतमा जिल्लाका सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रमुख तथा कर्मचारीहरु, गाविस कार्यालयहरुका प्रमुखहरु, जिविसका प्रम्ख तथा कर्मचारी, बुद्धिजिबी, शिक्षक, विद्यार्थी लगायत सर्वसाधारणहरुको हातमा फुलको माला, फुल गुच्छा तथा खदाहरु बोकेर गुरुङ्को स्वागतका लागि एयरपोर्ट भरिभराउ थियो । 

Image title

स्वास्थ्य राज्यमन्त्री गुरुङले के के गरे त ४ दिनको भ्रमणमा ? 

 राज्यमन्त्रीको पहिलो दिन सोमबार नेपाली कांग्रेस संखुवासभाले बधाइ तथा शुभकामना कार्यक्रमकोे आयोजना गरेको थियो । उक्त कार्यक्रममा बुद्धिजीबी, पार्टीका कार्यकर्ता, पत्राकार लगायत विभिन्न संघ संस्थाका १ हजार भन्दा बढी जिल्लाबासीहरुले गुरुङलाई स्वागत गर्दै बधाइ तथा सफल कार्यकालको शुभकामना दिएका थिए । सो कार्यक्रममा राज्यमन्त्री गुरुङले तीनै तहको निर्वाचनको मिति तोकि समयमै निर्वाचन नभए देश संकटमा फस्ने चर्चा गर्दै नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुलाई निर्वाचनको तयारीमा लाग्न आग्रह गरे । 

उनले आफ्नो जिल्ला सडक र स्वास्थ्यको क्षेत्रमा पछाडी परेकाले आफू बल्ल मन्त्री भएको र अब यी क्षेत्रका लागि डटेर लागी पर्ने बताए । जिल्लामा रहेका अस्पताल र स्वास्थ्य चौकीको क्षमता विस्तार र भवन निर्माण द्रुतगति गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । सोही दिन गुरुङले जिल्ला अस्पताल खाँदबारीको चौबीसै घण्टा फार्मेसी सेवा तथा पोष्ट अपरेटिभ रिकोभरी रुमको समेत उद्घाटन गरेका थिए । उक्त उद्घाटन कार्यक्रममा गुरुङले खाँदबारी अस्पाताललाई स्तरोन्नती गरि ५० सैयाको यहि माघ महिनाभित्रमा पु¥याउने प्रतिवद्धता जाएका छन् ।Image title 

केका लागी कति रकम दिने ?

स्वास्थ्य राज्यमन्त्री भएर गृहजिल्ला आएका गुरुङले विभिन्न स्थानहरुमा आयोजित कार्यक्रममा फरक–फरक शिर्षकमा र विकास निर्माणका कार्यमा संसदविकास कोष र क्षेत्रविकास कोषबाट रकम उपलब्ध गराउने र अन्य निकायमा पनि पहल गर्ने प्रतिबद्धता जनाएका छन् । वरुण बहुमुखी क्याम्पसको ३१ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले छात्राबास अर्थात लेडिज ह्वेस्टेल निर्माणका लागि १० लाख रुपैंया यसै आर्थिक वर्षमा उपलब्ध गराउने गुरुङले प्रतिबद्धता जनाएका छन् ।

क्याम्पसमा छात्राबास नभएका कारण्म महिला विद्यार्थीहरुलाई असहज भएको महसुुस गरि यस्तो बताएका हुन् । यस्तै, मंगलबार राज्यमन्त्री गुरुङले जिल्लाको उत्तरी गाविसका केहि क्षेत्रहरु भ्रमण गरेका छन् । खाँदबारी ५ स्थित सेकाह स्वास्थ्य केन्द्रको उद्घाटन गर्दै नुम गाविससम्म भ्रमण गरेका हुन । त्यस्तै सामुदायिक रेडियो खाँदबारी एफ एमको नवौं वार्षिक साधारणसभाको उद्घाटन कार्यक्रममा बोल्दै गुरुङले रेडियोको निर्माणाधिन भवनका लागि अपुग रकम थप १५ लाख दिने घोषणा गरेका हुन् भने गत आर्थिक वर्षमा उक्त भवनको लागि संसद विकासकोषबाट २० लाख उपलब्ध गराइ सकेका छन् । Image title

 यसैबिच राज्यमन्त्री भएपछि गुरुङले पहिलो पटक जिल्लाको क्षेत्र नं. २ को पनि भ्रमण गरेका छन् । भ्रमणको क्रममा मंगलबार वाना उच्च मा.वि. पुगेका गुरुङले विद्यालयको भौतिक सुधारका लागि ५ लाख उपलब्ध गराउने बताएका छन् । वानामा प्राथामीक उपचार केन्द्रको आवश्यक भएको र उक्त निर्माणको लागि पहल गर्ने वाना हस्पिटल निरिक्षणको क्रममा बताए । उनले वाना हस्पिटललाई स्तरोन्नती गरि खाँदबारी हालको खाँदबारी जिल्ला अस्पताल जतिको बनाउन पहल समेत गर्ने बताएका छन् । 

यसैबीच सोहि दिन २ नं. क्षेत्रकै चैनपुरको भ्रमण गरेका हुन् । चैनपुर भ्रमणको क्रममा नेपाली काग्रेस क्षेत्रीय कार्य समिती क्षेत्र नं २ चैनपुर को पार्टी कार्यलयमा शुभकामना तथा बधाई कार्यक्रम राखिएको थियो । उक्त कार्यक्रममा बोल्दै संखुवासभाको विकासका लागि हरदम लाग्ने बताएका छन् । उनले अब विकास निर्माणलाई अगडी बढाउन सबै एक भएर लाग्न पर्ने बताए । चैनपुर भ्रमणकै क्रममा चैनपुरमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रको निरिक्षण गरेका छन् । सोहि अवसरमा यस्ता स्वास्थ्य सँस्थाहरु नियमित र प्रभावकारी हुनु पर्ने बताएका हुन् । सोहि दिन राज्य मन्त्रीले चैनपुरमा रहेको सिद्धकाली मन्दिरको दर्शन समेत गरे ।

त्यसैगरि बुधबार पत्रकारहरुसँग बोल्दै पत्रकारहरु राज्यको चौथो अंग भएको सधै पत्रकारहरु सुरक्षित हुनका लागि राज्यले ध्यान दिनुपर्ने बताएका छन् । महासंघ संखुवासभालाई व्यवस्ति गर्न भवन नभएको दुखेसो पोख्दै भवन निर्माणका लागि सहयोगको अपेक्षा गर्दै पत्रकार ईन्द्र गीरीले राज्मन्त्री समक्ष आषा व्यक्त गरे । सोहि अवसरमा राज्यमन्त्रीले ५ लाख रुपैंया संघको भवन निर्माणका लागि उपलब्ध गराउने र अन्य सहयोगका लागि सम्बन्धित निकायहरुमा पहल गर्ने बताए ।

यसबाट यहाँका पत्रकारहरु खुसी भएका छन् । यस्तै खाँदबारीमा रहेको निर्माणाधिन तमु गुरुङहरुको भवन निर्माणका लागि राज्यमन्त्री गुरुङले १० लाख रुपैंया उपलब्ध गराउने घोषणा गरेका छन् । बिहिबार तमु गुरुङ्ग समाजले आयोजना गरेको बधाइ तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै गुरुङ्गले उक्त रकम घोषणा गरेका हुन् । यसैबिच उनले भोटिया आमा समूहको भवन निर्माणका लागि नगद १० लाख तथा कृष्ण प्रणामी बहुउद्धेशिय सत्सङ भवन निर्माणका लागि नगद ५ लाख उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् । 

यसरी स्वास्थ्य राज्यमन्त्रीको चारदिने संखुवासभा भ्रमण फलदायी बनेको हो । जिल्लाको विकासको गतिमा तिब्रता आउनेमा जिल्लाबासी हर्षित भएका छन् । संखुवासभा जिल्लामा स्वासथ्य क्षेत्रको विकासमा स्थानीयले स्वाथ्य राज्यमन्त्रीबाट आषा गरेका छन् । र यसबाट जिल्लाबासी लाभान्वीत हुने देखिएको छ ।

Loading...

यसमा तपार्इको प्रतिक्रिया राख्नुहोस

Find us on facebook