आज २०७३ फागुुण १० गते

याफु–७ मा आगोले ७ लाख बराबरको क्षति

समाज २०७३ पौष २२ ९२६ पटक हेरिएको

Image title

संखुवासभा । संखुवासभाको उत्तरी गाविस याफु–७ मा बिहिबार एक घर जलेर नष्ट भएको छ । आगलागीबाट करिव ७ लाख मूल्य बराबरको धनमाल जलेर नष्ट भएको छ । बिहिबार दिउसो करिब १२ः३० बजे नानीमाया राईको घरमा आगलागी भएको हो । 

आगलागीबाट १४ मुरी धान, ९ मुरी मकै, ६ मुरी कोदो, लत्ताकपडा र १ चौपायको समेत क्षति भएको छ । घरमा सुगुरको चारो पकाएर बाख्रालाई घाँस काट्न गएको बेला एक्कासी आगो लागेको प्रहरीले बताएका छन् । एक्लो बुढि मान्छे भएकोले आफै बस्नको लागि बन्दोबस्त गर्न नसक्ने भए पछि स्थानीय युवाहरु आज विहानबाटै नयाँ टहरो निर्माणमा लागि परेकोे स्थानीय समाजसेवी हैकम सिं राईले बताए ।

Loading...

यसमा तपार्इको प्रतिक्रिया राख्नुहोस

Find us on facebook