आज २०७३ माघ ६ गते

जिबिहाङ राई र मेलिना राईको नयाँ गित " तिमीलाई सम्झि" को म्युजिक भिडियो बजारमा आउदै

मनोरञ्जन २०७३ पौष २२ २८५६ पटक हेरिएको

Image titleपौष २२, २०७३

निमाराज तामाङ 

नेपाली संगित क्षेत्रमा उदाउदो ताराका रुपमा उदाउदै गरेका जिबिहाङ राई अहिले निकै व्यस्त देखिएका छन । खोटाङ जिल्लामा जन्मिएका जिबिहाङ राई हाल काठमाडौंमा बसोबास गरेर सांगीतिक क्षेत्रमा निरन्तर खटिरहेका छन । 

गायन र संगित दुवै क्षेत्रमा पोख्त जिबिहाङले अहिले मेलिना राईसगँ गाएका एउटा गित " तिमीलाई सम्झी" को म्युजिक भिडियो बजार ल्याउन कम्मर कसेर लागेका छन् ।गितमा जिबिहाङ राईको जादुमय स्वरलाई साथ चर्चित गायिका मेलिना राईले दिएका छन भने संगित स्वयम् जिबिहाङले गरेका छन । यो गितलाई प्रयास दुमी राईले लेखेका हुन भने म्युजिक भिडियोको निर्देशन डिडस गजुरेलले गरेका हुन् । यो गितको म्युजिक भिडियोमा कलाकारहरु :- बिकाश श्रेष्ठ , सिजल , अर्जुन लामा र मनिता भुजेलको अभिनय देख्न सकिने छ ।

 गायक जिबिहाङले यो भन्दा पहिला पनि "शिरै फुल , कोहि रहे किनारामा " जस्ता थुप्रै गित स्रोताको लागि बजारमा ल्याईसकेका छन । जिबिहाङ राई अभिनय क्षेत्रमा पनि उतिकै पोख्त छन । उनले "अलपत्र" नामक सेरियल अभिनय गरिरहेका छन । गायक तथा संगितकार जिबिहाङ राईले एल्बमको समेत तयारी गरिरहेका छन ।


Loading...

यसमा तपार्इको प्रतिक्रिया राख्नुहोस

Find us on facebook