आज २०७३ माघ ६ गते

भोजपुरे दिदीभाई रत्नजित र नङ्सलको जोडी फाइनलमा

खेलकुद २०७३ कार्तिक ५ १६१२ पटक हेरिएको

Image title

काठमाडौ । पाकिस्तानको राजधानी इस्लामाबादमा जारी योनेक्स सनराइज पाकिस्तान इन्टरनेसनल ब्याडमिन्टन सिरिजको मिक्स डबल्स स्पर्धामा नेपाली खेलाडी रत्नजित तामाङ र नङ्सल तामाङको जोडी बिहीबार फाइनलमा प्रवेश गरेको छ । नङ्सल र रत्नजित दिदीभाइ हुन् ।

२७ मिनेट चलेको सेमिफाइनल खेलमा रत्नजित र नङ्सलको जोडीले पाकिस्तानका रिजवान अजाम र सरा मोहम्मदको जोडीलाई सोझो सेटमा पराजित गर्‍यो । पहिलो सेटको नतिजालाई २१–१६ ले आफ्नो पक्षमा पारेको रत्नजित र नङ्सलको जोडी दोस्रो सेटमा पनि २१–१२ अंकले अगाडि रह्यो ।

रत्नजित र नङ्सलको जोडीले फाइनलमा पाकिस्तानका मोहम्मद इर्फान सइद भट्टी र मेहमोना अमिनको जोडीसँग उपाधिका लागि भिडन्त गर्ने जानकारी नेपाल ब्याडमिन्टन संघका महासचिव वीरेन्द्र श्रेष्ठले दिए ।

फाइनल खेल शुक्रबार हुनेछ । फाइनलमा स्थान पक्का गरेसँगै रत्न र नङ्सलको जोडीले कम्तीमा रजतपदक जित्ने निश्चित भएको छ । महिला एकल स्पर्धामा भने नङ्सलको यात्रा सेमिफाइनलमै सीमित भयो । सेमिफाइनलमा नङ्सललाई पाकिस्तानी खेलाडी पल्वाशा बसिरले १६–२१, १२–२१ को सोझो सेटमा पराजित गरिन् ।

Loading...

यसमा तपार्इको प्रतिक्रिया राख्नुहोस

Find us on facebook