आज २०७३ फागुुण १३ गते

मलेसियामा आठ तदर्थ कार्यसमितिको "भोजपुर सेवा समाज मलेसिया" को चयन

प्रवास २०७३ पौष १० ४५०१ पटक हेरिएको

Image title

भोजपुर । भोजपुरबाट वैदेशिक रोजगारीको शिलशिलामा मलेसिया पुगेका भोजपुरेहरु सांगठनिक भएका छन । २५ डिसेम्बर २०१६ का दिन मलेसियाको कोतारायमा भेला भएर भोजपुरेहरुले "भोजपुर सेवा समाज मलेसिया"को स्थापना गरेको हो । वैदेशिक रोजगारीको शिलशिलामा मलेसियामा कार्यरत सम्पूर्ण नेपालीलाई परि आईलागेको विभिन्न समस्याहरुमा साथ सहयोग गर्ने उदेश्यका साथ भोजपुर सेवा समाज मलेसियाको तदर्थ कार्यसमिति चयन भएको छ । 

नेपालीलाई परेको कानुनी समस्या र कम्पनीबाट पाएको दुख साथै घर फर्किन नसकेको नेपालीलाई निस्वार्थ भावमा सहयोग पुर्‍याउने समाजको उदेश्य रहेको छ । भोजपुरबाट मलेसिया आई विभिन्न स्थानमा कार्यरत भोजपुरेहरु भेला भई आठ तदर्थ कार्यसमितिको भोजपुर सेवा समाज मलेसियाको चयन गरिएको हो । समितिको अदक्ष्यमा विगत लामो समयदेखि मलेसियामा कार्यरत राम बहादुर तामाङ (ठुले पुर्बेली) चयन हुनु भएको छ । तदर्थ कार्यसमितिको नामवली र पद यसप्रकार रहेको छ:-

अध्यक्ष- राम बहादुर तामाङ (ठुले पुर्बेली) - श्यामशिला -१

उप-अध्यक्ष - ओमप्रकाश बिष्ट - यु -६

सचिव- निमाराज तामाङ - हेलौछा -४, सोलाखाम

सह-सचिव - चित्र बहादुर पाण्डे - देउराली -७

कोषाध्यक्ष - सुबाश पुरी - कोट -७

सदस्यहरु:- उत्तम राई - सुन्तले -४, हेलौछा

छिरिङ तामाङ - बोखिम -७

शुरेस पाख्रिन तामाङ - सिद्धेश्वर - १

वरिष्ठ सल्लाहकार - जोन राई -षडानन्द -१, मुलपानी

कार्यक्रममा प्रवासी इलामेली जन सम्पर्क मञ्चका अध्यक्ष नरेन्द्र कार्की (नरेन्द्र दाइ) को विशेष उपस्थिति रहेको थियो । उहाँले संस्थाको वृद्धि र विकासको विषयमा समेत बोल्नु भएको थियो ।

 आगामी दिनमा संस्थाको वृद्धि र विकास गर्ने निर्णय समेत तदर्थ कार्यसमितिले उदेश्य लिएको छ । मलेसिया भरिनै छरिएर बसेका भोजपुरेहरुसगँ सम्पर्क गरि उदेश्यको बारेमा बताउने र संगठनलाई मजबुत बनाउन एकचित्त भएर अगाडी बढ्दै जाने प्रतिबद्धता समेत तदर्थ कार्यसमितिले गरेको छ । फेसबुकको म्यासेन्जर मार्फत सबैलाई उदेश्यको बारेमा बताउने निर्णय समेत गरेको छ । संस्थालाई सफलताको शिखरमा पुर्‍याउनका लागि मासिक रुपमा बैठक बसि मासिक लेभि समेत जम्मा गर्ने र जम्मा गरिएको रकमलाई सहयोगमा खर्च गर्ने निर्णय गरिएको जानकारी तसर्थ कार्यसमितिको सचिव निमाराज तामाङले जानकारी दिनु भएको छ ।


Loading...

यसमा तपार्इको प्रतिक्रिया राख्नुहोस

Find us on facebook