आज २०७३ फागुुण १२ गते

सपिङ सेन्टर आक्रमणमा ९ को मृत्यु २० भन्दा बढी घाइते

अन्तराष्ट्रिय २०७३ साउन ८ ९६१ पटक हेरिएको

Image title

एजेन्सी। जर्मनीको म्युनिख शहरको एक सपिङ सेन्टरमा भएको हमलामा ९ जनाको मृत्यु भएको छ । २० भन्दा बढी घाइते भएका छन् ।घटनामा घाइते भएकामध्ये ३ जनाको अवस्था गम्भीर छ । घटनामा मृत्यु हुनेमा केही बालबालिका पनि रहेका छन् । 

जर्मन प्रहरीका अनुसार एक शंकास्पद ब्यक्तिले सपिङ सेन्टरमा गोली हानी ९ जनाको हत्या गरेर आफुलाई पनि गोली हानेका छन् ।मृत्यु भएका ती शंकास्पद ब्यक्ति १८ वर्षका जर्मन इरानी नागरिक भएको र म्युनिखमा बस्दै आएको प्रहरीले जनाएको छ । उनको शव घटनास्थल ओलम्पिया सपिङ सेन्टरदेखि १ किलोमिटर टाढा भेटिएको छ ।

आक्रमणको उद्देश्य अझै प्रष्ट भैनसकेको प्रहरीले जनाएको छ । सुरुमा तीन जना बन्दुकधारीले उक्त आक्रमण गरेको हुनसक्ने बताएका प्रहरीले अब उक्त व्यक्तिले एक्लैले सो हमला गरेको जानकारी दिएको छ ।म्युनिखका प्रहरी प्रमुख हवर्टस आन्द्रेले पत्रकार सम्मेलनमा घटनामा संलग्नको पहिचान भइनसकेको, उनीहरुको आतंकवादी संगठनसँग संलग्नताको प्रमाण पनि नभेटिएको बताएका छन् ।

आक्रमणका विषयमा अनुसन्धान भइरहेको उनले जानकारी दिएका छन् । घटनापछि जर्मन चान्सलर एङ्गेला मर्कलले शनिबार सुरक्षा परिषदको आपतकालिन बैठक डाकेकी छन् । पछिल्लो आक्रमण सन् १९४५ मा नव नाजीहरुले गरेको हिंसा यताकै खराब आक्रमण भएको पाँच वर्ष पुगेको दिनमा भएको हो । 

सन् २०११ को जुलाइमा एन्नर्स बेरिङ ब्रेभिकले नर्वेमा आक्रमण गर्दा अधिकांश किशोर र विद्यार्थीगरी ७७ जना मारिएका थिए ।

Loading...

यसमा तपार्इको प्रतिक्रिया राख्नुहोस

Find us on facebook