आज २०७३ माघ ६ गते

मलेसियामा नेपालीहरुले भोगिरहेको वास्तविक घट्नामा आधारित वृत्तचित्र - सपनाले पुर्‍याएको देश

प्रवास २०७३ पौष २७ ११०४ पटक हेरिएको

Image titleनिमाराज तामाङ 

मलेसिया । बैदेशिक रोजगारीको प्रमुख गन्तव्यको रुपमा मलेसियालाई लिने गरिएको छ । मलेसियामा नेपालीहरु बैधानिक र अबैधानिक गरेर नौ लाख देखि दस लाख सम्म रहेको तथ्यांक छ । नेपालीहरुले धेरै दुख भोगिरहेको देश हो मलेसिया । कम्पनीबाट भनेको जस्तो काम नपाउने, कसैले भनेको जस्तो तलब नपाउने , काममा धेरै अपहेलनामा पाउने, तलब पाएको दिनमा नै लुटिने, साथीभाइबाट नै मृत्युु अगाँल्न पर्ने जस्ता कहालीलाग्दो घट्नाबाट नेपालीहरु मलेसियामा पिडित हुन पुगेको छ ।

नेपालीहरुले मलेसियामा भोगिरहेको वास्तविक घट्नालाई समटेर मञ्जरी थिएटर ग्रुपले एउटा सन्देशमुलक वृत्तचित्र निर्माण गरेको छ । नेपालमा धेेरै म्युजिक भिडियो , नाटक, लघुकथा नाटक , वृत्तचित्रको निर्देशन गरेर बिदेशको भुमीमा भिडियो निर्देशनबाट नाम कमाएका युवा निर्देशक सुन्दर लावतीले यो सन्देशमुलक वृतचित्र " सपनाले पुर्‍याएको देश" लाई निर्देशन गरेका हुन् । कथालाई बिजिन लिम्बुले लेखेका हुन् भने भिडियोलाई अर्जुन काफ्लेले क्यामेरामा कैद गरेका हुन् । वृत्तचित्रमा मञ्जरी थिएटर ग्रुपका कलाकारहरु:- आमिर माबो, सन्देश तुम्बाफो, रबिन मगर, फुर्वादोर्जे मोक्तान , फर्समान तामाङ , सुजल लामा , पवल राई , बिजय योञ्जन , सुन्दर लावती, विल्सन लावती , बिनिता तामाङ र गिता राईको अभिनय देख्न सकिनेछ । वृत्तचित्रको निर्माण युसन लावतीले गरेका हुन् । 

मञ्जरी थिएटर ग्रुप परदेशी भुमी मलेसियामा नेपाली कला क्षेत्रलाई सरंक्षण गर्न अनावरत खटिरहेको छ । जनवरी ८ तारिखका दिन मञ्जरी थिएटर ग्रुपले " श्रट्रासम्मान तथा संयुक्त रचना वाचन कार्यक्रम २०१७" आयोजना गर्दै लामो समयदेखि मलेसियामा रहेर नेपाली साहित्य क्षेत्रमा योगदान पुर्‍याएका सर्जकहरुलाई सम्मान कार्यक्रम समेत सम्पन्न गरेको थियो । मञ्जरी थिएटर ग्रुप निरन्तर रुपमा विभिन्न कार्यहरु गर्दै आएको छ । अन्य थुप्रै भिडियो समेत निर्माण गरिसेकेको छ ।

सपनाले पुर्‍याएको देश वृत्तचित्रको ट्रेलर AIMStv Nepal को युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।

 तल ट्रेलरको लिंक रहेको छ ।


Loading...

यसमा तपार्इको प्रतिक्रिया राख्नुहोस

Find us on facebook