आज २०७३ फागुुण १० गते

कसरी कपाल बलियो बनाउने ? जानीराख्नुहोस

स्वास्थ्य २०७३ मंशिर १९ ११०४ पटक हेरिएको

कसरी कपाल बलियो बनाउने ? जानीराख्नुहोस

काठमाडौं । कपाल लामो हुँदै गएपछि ट्रिम गरेर छोट्याउन सकिन्छ । ट्रिम गर्दा कपाल स्वस्थ तरिकाले बढ्छ । स्वस्थ र सुन्दर कपाल चाहने पुरुष तथा महिला दुवैले समय मिलाएर ट्रिम गर्दा राम्रो हुन्छ ।

कपाललाई तेल मसाज गरेर स्वस्थ र सुन्दर बनाउन सकिन्छ । नुहाउनुभन्दा कम्तीमा आधा घन्टाअघि यस्तो मसाज गर्नु उत्तम हुन्छ । तेल मसाज सकेसम्म हप्तामा दुईचोटि गर्दा कपाल बलियो र राम्रो हुन्छ ।

कपालको उपचार गर्नुअगाडि आफ्नो कपाल कस्तो छ भन्ने थाहा पाउनुपर्छ । ड्राइ, ड्यामेज या नर्मल कस्तो कपाल हो, विज्ञसँग सल्लाह गरेर स्याम्पु र कन्डिसनर प्रयोग गर्नुपर्छ ।

कपालअनुसार प्रयोग गरिने स्याम्पु र कन्डिसनर बजारमा पाइन्छन् । यस्तो स्याम्पु र कन्डिसनरको प्रयोगले कपाल बलियो र चम्किलो बनाउन धेरै मद्दत हुन्छ ।

Loading...

यसमा तपार्इको प्रतिक्रिया राख्नुहोस

Find us on facebook