आज २०७३ फागुुण १० गते

पीडित कामदारलाई उद्धार गर्न साउदीले छुट्टायो, २६ मिलियन डलर

केही प्रतिशत कम्पनीमात्रै प्रभावित– साउदी राजदूत
प्रवास २०७३ मंशिर १७ १४४५ पटक हेरिएको

कामदार

काठमाडौं । ‘साउदीको सबै कम्पनी समस्यामा परेको होइन । केही प्रतिशतमा साना कम्पनीहरूमा मात्रै समस्या देखिएको हो,’ हुसैनले भने, ‘साउदी सरकारका योजनाअनुसार कामहरू निरन्तर अगाडि बढिरहेको छ ।’

मंसिर १६, २०७३( साउदी अरबले अलपत्र परेका कामदारलाई उद्धार गरी सम्बन्धित देश पठाउनका लागि २६ मिलियन डलर रकम छुट्याएको छ ।

नेपालका लागि साउदीका राजदूत अब्दुलनासिर बिन हुसैन अल–हारदीका अनुसार साउदीले अलपत्र कामदारलाई उद्धार गर्न बजेट छुट्याएको हो । ‘साउदी सरकारले २६ अलपत्र कामदारलाई पठाउन २६ मिलियन डलरको कोष खडा गरेको छ,’ हुसैनको भनाइ उद्धृत गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालका परराष्ट्र मामिला सल्लाहकार ऋषिराज अधिकारीले भने, ‘पीडितलाई जतिसक्दो छिटो उद्धार गर्न साउदी सरकारले काम गरिरहेको छ ।’

तेलको मूल्यमा आएको गिराउट र यमन युद्धमा बढ्दो प्रशासनिक खर्चको कारण साउदीको अर्थतन्त्र प्रभावित भएपछि कम्पनीहरू बन्द भएपछि झन्डै एक हजार नेपाली समस्यामा परेका छन् ।

साउदीमा अलपत्र नेपालीको सख्या बढ्न थालेपछि प्रधानमन्त्री दाहालले गम्भीर रूपमा लिएपछि परराष्ट्र मामिला सल्लाहकार अधिकारी साउदीको धारणा बुझ्न राजदूत हुसैनलाई भेट्न पुगेका थिए ।

‘साउदीको सबै कम्पनी समस्यामा परेको होइन । केही प्रतिशतमा साना कम्पनीहरूमा मात्रै समस्या देखिएको हो,’ हुसैनले भने, ‘साउदी सरकारका योजनाअनुसार कामहरू निरन्तर अगाडि बढिरहेको छ ।’

साउदीको सामान्य तथ्यांक विभागका अनुसार चालु वर्षमा १२।१७ प्रतिशतले विदेशी कामदार वृद्धि भएको जनाएको छ । हालसम्म साउदीमा ११।६ मिलियन विदेशी कामदार कार्यरत छन् । जसमा नेपाली कामदार ५ लाख रहेको अनुमान गरिएको छ ।

राजदूतका अनुसार नेपाल फिर्न चाहने कामदारलाई सम्बन्धित निकायबाट एक्जिट भिसा उपलब्ध गराइदिने गरेको छ । ‘जो कामदार पीडित छन् । उनीहरू नजिकको श्रम कार्यालयमा गएर निवेदन दिएमा यथाशक्य छिटो कार्यसम्पादन हुन्छ,’ उनले अधिकारीसमक्ष भने, ‘पीडितलाई टिकटसमेत उपलब्ध गराउने व्यवस्था मिलाएको छ ।’

अधिकारीले साउदीमा फसेका नेपाली कामदारलाई उद्धार गर्न प्रधानमन्त्री निकै गम्भीर र चासो व्यक्त गरेको बताएका थिए । ‘सयौंको संख्यामा कामदारले काम र तलब नपाएका खबरहरू आइरहेको छ,’ हुसैनसमक्ष भने, ‘यसलाई साउदीले सकारात्मक ढंगले सहयोग गरिदिन हामी अनुरोध गर्दछौं ।’

अधिकारीले नेपाल र साउदीको सम्बन्धलाई अझ प्रगाढ बढाउन दुई देशबीच उच्च तहमा भ्रमण आवश्यक भएको बताए । ‘हामी त्यसका लागि तयारी गरिरहेका छौं,’ राजदूत हुसैनले भने ।

उद्धार भएपछि प्रधानमन्त्री कार्यालयबाट पत्र

साउदी अरबमा समस्यामा परेका ५३ कामदारको उद्धारको प्रक्रिया पूरा भइसकेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट नेपाली दूतावासलाई तुरुन्त उद्धार गर्न पठाएको पत्र पुगेको छ ।

नेपाली दूतावासले एक सातादेखि सेल्टरमा राखेर आश्रय दिइरहेका ५३ कामदारलाई सोमबार स्वदेश फिर्नका लागि एक्जिट भिसा दिलाइसकेको थियो । त्यो काम सकिसकेपछि सोमबार अबेर प्रधानमन्त्रीको कार्यालयबाट पत्र पुगेको थियो । प्रधानमन्त्री कार्यालयले सोमबार ९मंसिर १४० नै पत्र तयार गरेको थियो । कान्तिपुर

Loading...

यसमा तपार्इको प्रतिक्रिया राख्नुहोस

Find us on facebook