आज २०७३ माघ १२ गते

नेपालको चर्चित कलाकारहरुको साथमा तामाङ समाज मलेसियाले भव्यताको साथ सोनाम ल्होछार मनाउने

मनोरञ्जन २०७३ पौष २० ५३६ पटक हेरिएको

Image title

पौष २०,२०७३

भोजपुर ।

मञ्जुश्री सम्वत् २८५३ औं ज्या ल्हो (चरा बर्ग) सोनाम ल्होछार तामाङ समाज मलेसियाले आउदो जनवरी २८ तारिखका दिन मलेसियाको कोताराया स्थित होटल एरेना स्टारमा भव्यताका साथ मनाउने भएको छ ।

“संसारभरिका छरिएर बसेका तामाङ एक हौं , हाम्रो भाषा, धर्म, सँस्कृति, भेषभूषा, रितिरिवाजलाई जगेर्ना गरौं !” भन्ने नाराका साथ मनाउन लागिएको सोनाम ल्होछार सास्कृतिक कार्यक्रममा तामाङ सेलो, म्हेन्दो माया गीत, नृत्य, डम्फुरे, आदि जस्ता प्रस्तुति रहने आयोजकले जनाएको छ ।

सोनाम ल्होसार विशेष सांस्कृतिक कार्यक्रमलाइ भब्य र सभ्य बनाउनलाई नेपालबाट ख्याति प्राप्त तामाङ् कलाकारहरु बहुचर्चित गायक अभिनास घिसिङ, गायिका सशिकला मोक्तान र म्हेन्दो माया गायक सुमन घले र चिजा लामाको साथमा मलेसियाका स्थानीय कलाकारहरु मञ्जु तामाङ , सुर्य तामाङ , बिर्ख तामाङ, टासी पाल्मो तामाङ, भुवन तामाङ , देवराज घिमिरे, सञ्जिव तामाङ , मौसम तामाङ , कबिन तामाङ , प्रेमिका तामाङ , सञ्जय तामाङ , आयशा तामाङ लगायत अन्य थुप्रै कलाकारहरुको बेजोड प्रस्तुति रहने आयोजक समितिले बताएको छ ।

 यहीँ आउँदो २८ जनवरिका दिन बिहानको १०:०० देखि होटल एरेना स्टार कोतरायामा हुने उक्त कार्यक्रममा मलेसियामा रहनु भएको सम्पुर्ण तामाङ तथा गैर तामाङ नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाई उपस्थितिको लागि आयोजकले आग्रह गरेको छ |


Loading...

यसमा तपार्इको प्रतिक्रिया राख्नुहोस

Find us on facebook