आज २०७३ माघ १२ गते

भोजपुर सेवा समाज मलेसिया गठन हुँदै

प्रवास २०७३ पौष ८ १२१९ पटक हेरिएको

Image title

निमाराज तामाङ 

पुचोङ, मलेसिया 

भोजपुर बाट बैदैशिक रोजगारको सिलसिलामा मलेसिया आई काम गर्ने भोजपुरे हरु एकजुट भई मलेसियामा भोजपुर सेवा समाज मलेसिया गठन हुने भएको छ । भोजपुरबाट मलेसिया आई विभिन्न पेशामा कार्यरत भोजपुरेहरुलाई एक्यबद्धता , मेलमिलाप तथा आपसमा सहकार्य गर्दै , सेवा समाज खोल्न लागिएको हो ।

भोजपुरबाट मलेसिया आई विभिन्न पेशामा कार्यरत भोजपुरे हरुको लागी अतिनै समस्या परि रहेको र समस्या परेको व्याक्तिले कुनै ठाउमा र भोजपुरेहरुसंग सहकार्य गरी समस्याहरु समाधान गर्ने ठाउ पनि नभएको र भोजपुरेहरु एक बद्धता हुन नसकेकोले सेवा समाज अतिनै आवश्यक भएको थियो ।

भोजपुरबाट मलेसिया आई अगंभग भएका हात खुटा गुमाएका र समस्या परेको साथीहरुलाई तुरुन्त समस्यावाट हल गर्न , परेको समस्या समाधान गर्न ,कानुनीरुपमा लड्नको लागी पनि सेवा समाज अति आवश्यक भएको कुरा मलेसियामा लामो समय कार्यरत चित्र पाण्डेले बताए ।

यसै क्रममा भोजपुर सेवा समाज मलेसियाले मलेसियामा रहेका सवै भोजपुरेहरुलाई निम्न मिति र स्थानमा आई दिनको लागी मलेसियामा कार्यरत सवै भोजपुरे हरुलाई अनुरोध गरेको छ ।



Loading...

यसमा तपार्इको प्रतिक्रिया राख्नुहोस

Find us on facebook