आज २०७३ फागुुण १२ गते

भाेजपुरमा सशस्त्र प्रहरी बलका महानिरीक्षक दुर्जकुमार राईले के–के गरे ? (फाेटाे फिचर )

राष्ट्रिय २०७३ पौष ५ ४३८६ पटक हेरिएको

सशस्त्र प्रहरी बलका महानिरीक्षक दुर्जकुमार राई

भोजपुर । सशस्त्र प्रहरी बलका महानिरीक्षक दुर्जकुमार राईले स्वर्गीय माता, पिता र बाजेका नाममा ३५ लाख बराबरको अक्षयकोष स्थापना गरेका छन् । अन्नपूर्ण गाविसको अन्नपूर्ण माविमा कोष खडा गरेका हुन् ।

अब विद्यालयको नाम अन्नपूर्ण वागधन–रणदीपा राई मावि रहनेछ । शिक्षा नियमावलीअनुसार विद्यालयको नाम परिवर्तन भएको हो । नियमावलीमा कुनै पनि व्यक्तिले आफ्ना निकट दुई जनाको नाममा ३५ लाख बराबरको नगद वा जिन्सी सामान विद्यालय वा विद्यालयको खातामा जम्मा गरेमा नयाँ नाम राख्न सकिने व्यवस्था छ ।

महानिरीक्षक राईलाई विद्यालयलाई उत्कृष्ट योगदान गरेबापत ज्येष्ठ नागरिक संरक्षण संघले आजीवन मानार्थ संरक्षण सदस्यता प्रमाणपत्र प्रदान गर्‍यो । संघले गत वर्ष संगीतकार तथा गायक गणेश ररिकलाई उक्त सदस्यता प्रदान गरेको थियो ।

यस्तै राईसँगै आएकी जापानी नागरिक मिवाको सानले विद्यालयलाई ५० हजार जापानी येन सहयोग गरेकी छन् । २०१० मा स्थापना भएको उक्त विद्यालयमा कक्षा १ देखि १२ कक्षासम्म ३ सय ५० विद्यार्थी अध्ययनरत छन् ।सशस्त्र प्रहरी बलका महानिरीक्षक दुर्जकुमार राईसशस्त्र प्रहरी बलका महानिरीक्षक दुर्जकुमार राई

Loading...

यसमा तपार्इको प्रतिक्रिया राख्नुहोस

Find us on facebook