आज २०७३ फागुुण १२ गते

भोजपुर जिल्ला पूर्ण खोपयुक्त पुस २२ मा घोषणा हुँदै

समाज २०७३ मंशिर २३ १७२० पटक हेरिएको

Image title

भोजपुर । जिल्ला खोप समन्वय समितिको बैठकले आगामी पुस २२ गते भोजपुरलाई पूर्ण खोपयुक्त जिल्ला घोषणा गर्ने निर्णय गरेको छ ।

जिल्ला खोप समन्वय समितिका संयोजक एवम् स्थानीय विकास अधिकारी सीता परियारको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो । जिल्ला स्वास्थ्य कार्यालय भोजपुरको सभाहलमा बसेको बैठकले जिल्लालाई पूर्ण खोपयुक्त जिल्ला घोषणाका लागि जिल्ला विकास समिति भोजपुरका कार्यक्रम अधिकृत सुरेन्द्र राईको संयोजकत्वमा सात सदस्यीय उपसमितिसमेत गठन गरेको छ ।

उपसमितिको सदस्यमा उद्योग वाणिज्य सङ्घका अध्यक्ष डम्बर श्रेष्ठ, गैरसरकारी संस्था महासङ्घका अध्यक्ष बलराम राई, नेपाल पत्रकार महासङ्घबाट सरिता राई, सु–आहाराका जिल्ला संयोजक गोविन्द सेढाईं, जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख र नगरपालिकाका कार्यकारी प्रमुख रहनुभएको छ । बैठकले स्वास्थ्यमन्त्री गगन थापालाई कार्यक्रमको प्रमुख अतिथिका रुपमा आमन्त्रण गर्नेसमेत निर्णय गरेको छ ।

Loading...

यसमा तपार्इको प्रतिक्रिया राख्नुहोस

Find us on facebook