आज २०७३ माघ १२ गते

मैले नगरेको गल्तीमा दोषी बनाईयो - गायिका प्रश्न्ना पाण्डे

मनोरञ्जन २०७३ पौष २१ २००३ पटक हेरिएको

Image title

नेपालमा रातो नम्बरबाट फोन आउने र फोन उठाएको खण्डमा मान्छेको ज्यान समेत जानसक्ने कुरा सामाजिक संजाल फेसबुकमा भाईरल बनेर फैलिरहेको बेला यसको असर गायिका प्रश्न्ना पाण्डेलाई पर्ने गएको छ । गायिका पाण्डेले केही दिन अगाडी रातो नम्बरबाट फोन आयो भनेर सामाजिक संजाल फेसबुकमा फोटो सहित एउटा स्टाटस पोष्ट गरेकी थिईन । 

रातो नम्बरबाट फोन आउने एप्लिकेसनको दुरुपयोग गरेर भएको कुरा पत्ता लागेपछि गायिका पाण्डेलाई अहिले सामाजिक भ्रम फैलाएको आरोप लागेको छ । गायिका पाण्डे भन्छिन - "हामी सिटी सेन्टरमा बसिरहेका बेला दिपक बराईलीले रातो नम्बरबाट फोन आयो भनेर भनेपछि मैले सचेतना जस्तो होस भनेर त्यो स्टाटस फेसबुकमा लगाएको हो । मैले मेरो नम्बरमा रातो नम्बरबाट फोन आयो र यसले मान्छेको ज्यान जान्छ भनेर भनेको होइन । अहिले मलाई मिडियाहरुले मैले नगरेको गल्तीमा दोषी बनाएको छ । पुलिसले मलाई सोधपुछको लागि बोलाएर म र साथीहरुसगँ पुलिस कहाँ गएको हो तर समातेको भन्ने समाचार सरासर गलत हो ।" 

गायिका पाण्डेले कसैलाई भ्रमिक नबनाएको र यो गलत समाचारलाई सत्य नठानेको कुरा आफ्नो फेसबुकमा स्टाटस लेख्दै भनेकी छिन ।

मिडियामा मलाई पक्राउ गरिएको भनेर आएको समाचारप्रति खेद प्रकट गर्न चाहन्छु । प्रहरीको अनुरोधमा रातो नम्बरबाट कल के कारणले आएको भनेर मसहित अरू सोधपुछको लागी पुगेको खबर साँचो हो तर मलाई पक्राउ गरिएको भने होइन ।कुनै एप्सको डाउनलोड भएर यो कल आउने निष्कर्षमा हामी पुग्यौं पनि । म अहिले सकुशल आफ्नै निवासमा रहेको पनि जानकारी गराउन चाहन्छु ।रातो नम्बरको भ्रम फैलाउनु मेरो कुनै उद्देश्य नरहेको पनि स्पष्ट पार्न चाहन्छु ।साथै रातो नम्बरबाट आउने कलबाट मान्छे मर्ने भनिएको खबर हल्ला मात्र भएको पनि जानकारी गराउँछु। यस्ता अतिरंजित र भ्रामक अफ़वाह सिर्जना गरेर समाजलाई त्रासिद बनाउन खोज्ने जो कोहीलाई पनि यस्तो नगर्नुहुन अनुरोध गर्दछु ।

गायिका पाण्डे भन्छिन - यो कुराले मलाई यतिको गलत बनाइन्छ भन्ने सोचेको पनि थिईन । मैले यसको बारेमा धेरैले भ्रम फैलाएर सामाजिक त्रास फैलाएको भेटेको छु तर मैले कुनै गल्ती नै नगरी यस्तो गलत भन्दा दुख लागेको छ । मेरो बारेमा यस्तो समाचार बनाउनु भन्दा भ्रम सिर्जना गर्ने व्यक्तिको खोजी गर्नु होला ।

Loading...

यसमा तपार्इको प्रतिक्रिया राख्नुहोस

Find us on facebook