आज २०७३ माघ १२ गते

मकालु बचत तथा ऋण सहकारी सँस्थाको अध्यक्षमा प्रधान

समाज २०७३ पौष २२ ४१० पटक हेरिएको

खेवाहाङ मेवाहाङ/मेघराज तामाङ 

संखुवासभा–संखुवासभाको खाँबारीमा रहेको मकालु बचत तथा ऋण सहकारी संस्थाको छैटौं साधारणसभा बिहिबार सम्पन्न भएको छ । कृष्णभगत प्रधानको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका कोषाध्यक्ष शुर्दशन शाक्यले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । विश्वको पाँचौं अग्लो हिमाल मकालुको नामबाट नामाकरण गरिएको उक्त संस्था २०६७ साल साउन १२ गते २६ जना सेयर सदस्य सङ्ख्या सहित स्थापना भएको थियो भने अहिले सदस्य संख्या ३ सय ६९ जना पुगेको छ ।१ लाख ३० हजार सेयर पुँजीबाट सुरु गरिएको उक्त सहकारी संस्थामा हाल २४ लाख ४१ हजार ३ सय १९ रुपैंया सेयर पुँजी रहेको छ । 

यस संस्थाले आर्थिक वर्ष २०७२÷०७३ मा ४ करोड २२ लाख १० हजार ६ सय ४८ रुपैंया बचत संकलन गरी नगद रु. ३ लाख ३६ हजार १ सय ४६ रुपैंया खुद नाफा कमाउन सफल भएको कोषाध्यक्ष शाक्यले बताए । यसै बिच सेयर सदस्यका जेष्ठ नागरिक बचत कर्ता दुई जनालाई सम्मान पनि गरिएको छ । सभाले कृष्णभगत प्रधानकै अध्यक्षतामा ७ सदस्यीय कार्यसमिति समेत चयन गरेको छ । समितिको उपाध्यक्षमा भीमलाल कार्की, सचिबमा लोकदर्शन शाक्य, सदस्यहरुमा उर्मिला श्रेष्ठ, डिबी गुरङ, डम्बरुबल्लभ न्यौपाने चयन भएका छन् ।

Loading...

यसमा तपार्इको प्रतिक्रिया राख्नुहोस

Find us on facebook