आज २०७३ माघ ६ गते

बिप्लब माओवादी निकट मोर्चाले नेपाली दुताबास मलेसियामा ज्ञापन पत्र बुझायाे ।

प्रवास २०७३ कार्तिक ५ १४७७ पटक हेरिएको

Image titleबिपेन उलङगे

मलेसिया । बिप्लब माओबादी निकट रहेको नेपाली जनप्रगतिसिल मोर्चा मलेसियामा संलग्न युवाहरुले विदेसमा रहेका युवाको समस्या र समाधानको विकल्प सहित माग राख्दै मलेसीयामा रहेको नेपाली राजदुताबासलाई ज्ञापनपत्र बुझाएको छ ।

मोर्चाको यहि १९ अक्टोबरमा कोतारायमा सम्पन्न केन्द्रिय समितिको पूर्ण बैठकले मलेसीयामा रहेका युवाको समस्याबारे राजदुतावासमा ज्ञापनपत्र बुझाउने निर्णण गरेको थियो ।

हामी युवा जनशक्तिलाई राज्यले स्वदेसमै रोजगारीको वातावरण प्रदान गरोस भन्ने चाहन्छौ । तर राज्य भने देश विकासमा युवालाई लगाउको साटो विदेसी भूमिमा लखेट्ने योजना बनाउदैं छ । यो बर्तमान सकारले ल्याएको नीति गलत छ भन्दै वर्तमान मार्चाका संयोजक महेश ओलीले , हामीले विदेसमा गएर दुख पाइरहेका युवाहरुको समस्या राज्यलाई जानकारी गराउने उद्देश्यले नेपाली राजदुतावास मार्फत ज्ञापन पज्ञ बुझाएको बताएका छन ।

माग पत्र पेश गर्दै मोर्चाले विभिन्न ८ बुदे माग तथा ध्यानाकर्षण गराएको छ । मलेसीयामा नेपाली श्रमिकमाथि हुने सोषण दमन अन्तको लागि पहल , श्रमिकको तिब्र उद्धार कार्य, मलेसियाको एर्पोटमा श्रमिकले पाउने दुःखलाई मध्यनजर गरेर सहज वातावरणको ब्यबस्था गरियोस, मलेसियन सरकार र नेपाली सरकार बिचको सम्झौता अनुसारको मापदण्ड पूरा नभए सम्म भिसा बन्द गर्न लगायतको मोर्चाले माग राखेको हो ।

बैठकमा नेपाली जनप्रगतिसिल मोर्चाको मलेसियाका केन्द्रिय अध्यक्ष सुमन श्रेष्ठको अध्यक्षता तथा मोर्चा समयोजक युबराज कोइरालाको प्रमुख अथित्यतामा सम्पन्न उक्त बैठकले विदेसीएका युवाको समस्याका बारेमा आवाज उठाउने निस्कर्ष निकालेको थियो ।

मोर्चाका अध्यक्ष सुमनले पेश गरेको राजनीतिक प्रस्ताब लाई बैठकले पारित गर्दै युवा केन्द्रित कार्यक्रम गर्ने निर्णय अघि बढाएको हो । बैठकमा महासचिव महेश ओली सागठानिक प्रस्ताव र उपाध्यक्ष आयुश खडका आथिक प्रस्ताबलाई समेत राखेको बताइएको छ ।

साथै मार्चाको पुर्ण बैठकले महेश ओलीलाई मोर्चाको मलेसिया संयोजकमा सर्बसहमतले चुन्दै मलेसिया बाट आफ्नो कार्यकाल सकिएपछि नेपाल तयारीमा रहेका निबर्तामान संयोजक युबराज,सल्लाहकार प्रेम र खगेन्द्रलाइ मोर्चाको तर्फबाट सम्मान पत्र प्रर्दान गर्दै बिदाई गरिएको छ ।

Loading...

यसमा तपार्इको प्रतिक्रिया राख्नुहोस

Find us on facebook