आज २०७३ माघ १२ गते

प्रहरी तालिम केन्द्रमा आक्रमणमा परी ५४ प्रहरी जवानको मृत्यु, १०० भन्दा बढी घाईते

अन्तराष्ट्रिय २०७३ कार्तिक ९ ९१३ पटक हेरिएको

Image title

एजेन्सी । पाकिस्तानीको क्वेटामा एक प्रहरी तालिम केन्द्रमा भएको आतंकवादी हमला परी मृत्यु हुने प्रहरीको संख्या ५४ पुगेको छ। सोमबार राती भएको उक्त हमलामा परी ५४ जना प्रहरीको मृत्यु भएको जनाइएको छ।

यस्तै पाकिस्तानी सेनाले गरेको जवाफी कारबाहीमा ३ जना माओवादी समेत मारिएका छन्। पाकिस्तानी संचार माध्यम डनका अनुसार माओवादी हमलामा परी १०० भन्दा बढी प्रहरी घाइते भएका छन्।

भारतीय संचार माध्यमहरुले जनाएअनुसार हतियार सहित घुसेका माओवादीले उक्त तालिम केन्द्रमा ६०० प्रहरी क्याडेटलाई बन्धक बनाएका थिए।

तर पाकिस्तानी सेनाको ३ घण्टे अपरेशनपछि केन्द्रबाट २ सय जना क्याडेटको सकुसल उद्धार गरिएको बताइएको छ। सो हमला गर्ने माओवादीको संख्या ५ देखि ६ जनाको समुह रहेको समेत बताइएको छ।

घाईते प्रहरीलाई उपचारका लागि अस्पताल लगिएको छ भने ३ जनाको अवस्था गम्भिर रहेको विभिन्न अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएको छ।

Loading...

यसमा तपार्इको प्रतिक्रिया राख्नुहोस

Find us on facebook