आज २०७३ माघ १२ गते

मलेसियामा परदेशी धमाका २०१६ को तयारी पुरा

प्रवास २०७३ असोज १२ ९८९ पटक हेरिएको

विपेन उलङ्गे

Image titleक्वालालम्पुर । हिन्दुहरुको दोस्रो महान पर्ब दीपावलीको अबसरमा मलेसियामा परदेशि धमाका को तयारि तथा कलाकारको टुङ्गो लागेको छ । धमाकाका आयोजक दिल कुमार केरुङले आधा दर्जन भन्दा बढि कलाकारको उपस्थितिमा कार्यक्रम गर्न लागेको बताए ।

कार्यक्रमका लागि नेपालबाट हास्यकलाकार विल्सन बिक्रम राई तक्मे बुढा, नेपाली तारा २ सन्तोश लामा, लोक तथा आधुनिक गायिका रिता केसि, मोडेल तथा डान्सर सलु गौतम साथै गायक गायिका यासेली योङहाङ्ग, मनु नेम्बाङ, लाक्पा शेर्पा आदि कलाकारहरुको बेजोड प्रस्तुति रहने कार्यक्रम सहयोगी आदिवासि जनजाती महासंघ मलेसियाका अध्यक्ष दिपक बम्जन तामाङले बताएका छन । 

मलेसियामा रेष्टुरेण्ट व्यवसाय गर्दै आएका आयोजक प्रमुख केरुङले हिन्दुहरुको पर्ब दिपावलीको अबसरमामलेसियाका नेपालीहरुलाई मनोरञ्जन दिनुको साथै कार्यक्रमबाट आएको मुनाफाबाट जेलमा रहेका नेपालीहरुका लागि एकतर्फि टिकट उपलब्ध गराउने जानाकारि दिए ।

कार्यक्रम २९ अक्टोबर केलाङ, ३० अक्टोबर केएलमा हुने उक्त कार्यक्रमका लागि कार्यक्रमको मूख्य प्रायोजक लिङदेन ईण्टरप्राईजेज एसडिएन. विएचडि, रहेको छ भने मञ्जरी थिएटर ग्रुप, किरात याक्थुङचुम्लुङ, आदिवासि जनजाती महासंघ तथा शेर्पा किदुक मलेसियाले र उग्रतारा रेष्टुरेन्ट लगायतले सपोर्ट गरेका छन ।

यो संगै मलसियामा सबै छ वटा कार्यक्रमहरु हुने भएकाछन । १३ औं फ्रेन्डसिप धमका दिपावली सांझ २९ अक्टोबर रावाङ र ३० अक्टोबर बातुपाहातमा हुदैछ । जस्का लागि नेपालबाट शिव परियार, शुस्मा कार्काी, सरिस्मा, तृष्णा लगायतका कलाकारहरु आउनेछन । यो कृष पुलामि कृष्णको १३ प्रस्तुति हो । त्यस्तै ूसाङगितिक दिपावली धमकाू केलाङमा हुदैछ । धमकाका लागि मलेसियामा रहेका चर्चित कलाकारहरुको प्रस्तुति रहनेछ ।

दिपावली कन्सर्ट २०१६ ,जोहरको लागि मेलिना राई, महादेब त्रिपाठी लगायत आउने भएका छन । देश प्रदेश बृहत् सांस्कृतिक कार्यक्रम , मलाक्काका लागि ईन्दिरा जोसिले तताउन भएकी छिन ।

सुगाईबुलो दिपावली धमाका, सुगाईबुलोको लागि मुना थापाले नचाउन आउने छिन । 

Loading...

यसमा तपार्इको प्रतिक्रिया राख्नुहोस

Find us on facebook